मोदीको अमेरिकी भ्रमणलाई पाँच दशकसम्म यादगार बनाउने प्रयास, ठूलो रक्षा सम्झौता

0
56

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी भ्रमणका क्रममा ठूलो रक्षा सम्झौता हुने आँकलन गरिएको छ ।

मोदी जुन २१ देखि २४ तारिखसम्म अमेरिकी भ्रमणमा हुनेछन् । यो भ्रमणलाई स्मरणयोग्य बनाउन दुवै देशका विदेश तथा रक्षा मन्त्रालयको टीम जुटेको छ ।

भारतले आगामी पाँच दशकसम्म यो यात्रालाई सम्झने गरी तयारी गरिरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।
यसका लागि रक्षा क्षेत्रमा विशेष सम्झौता हुने बताइएको छ । यात्राका क्रममा ३५० वटा फाइटर जेट इन्जिन भारतमा निर्माण गर्ने राजनीतिक सम्झौता हुन सक्ने आँकलनसमेत भइरहेको छ ।

यसका लागि अमेरिकी कम्पनी जनरल इलेक्ट्रिक र हिन्दूस्तान एयरोनोटिक्सबीच सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै ३० एमक्यू–९ बी आम्र्ड ड्रोन किन्ने सम्झौता पनि हुने सम्भावना रहेको छ । यो सम्झौता करिब २२ हजार भारतीय रुपैयाँको हुन सक्ने बताइन्छ । यस्ता १० ड्रोन तीन वटै सेनाले पाउने बताइएको छ ।

सम्झौतालाई गति दिनका लागि आगामी हप्ता आइडिया शिखर सम्मेलन आयोजना हुने भएको छ । १२ र १३ जुनमा अन्तरिक्ष, उर्जा र व्यापार सम्झौताका लागि अमेरिका–इन्डिया बिजनेश काउन्सिल र आइडिया शिखर सम्मेलन हुन लागेको हो । जसमा दुवै देशका दुई सय भन्दा बढी कम्पनीका शीर्ष प्रतिनिधि सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here