स्ववियु शनिश्चरे बहुमुखी क्याम्पसको उद्घोषण तालिम सम्पन्न

0
138
अर्जुनधारा,स्वतन्त्र विद्यार्थी युनियन शनिश्चरे बहुमुखी क्याम्पसको आयोजनामा आयोजित दुई दिने उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको छ ।
इनरव्ह्ील क्लब अफ अर्जुनधाराकी सदस्य एवम् प्रशिक्षक मीनु ओलीले प्रशिक्षण दिएको तालिममा ५५ जना बढी विद्यार्थीको सहभागिता रहेको युनियनका अध्यक्ष विशाल थापाले जानकारी दिए ।
अध्यक्ष थापाको अध्यक्षता र क्याम्पस प्रमुख मोहन ओलीको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरु अनु अधिकारी, विनम पाण्डे र समिक्षा राईले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमित खम्बू, प्रशिक्षक ओलीलगायतले तालिमबाट प्राप्त सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्न सुझाएका थिए । उक्त कार्यक्रमको सञ्चालन युनियनका सहसचिव खेमचन्द्र गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here