अर्जुनधारामा न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अभिमुखिकरण सुरु

0
130

अर्जुनधारा,जनप्रतिनिधि एवम् मेलमिलापकर्ताहरुलाई लक्षित गरि झापाको अर्जुनधारामा न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीय तहमा कानुनी ढंगबाट न्याय सम्पादनको क्रममा नागरिकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको नगर सभा सदस्य एवम् आयोजक न्यायिक समितिका सदस्य टुम्मनाथ काफ्लेले जानकारी दिए ।
नगर उपप्रमुख एवम् समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले उद्घाटन गरेका थिए । आफ्नो क्षेत्राधिकारभित्रको मुद्धा आफैं समाधान गर्ने उद्देश्यले स्थापना भएको न्यायिक समितिको अवधारणा राम्रो भएको प्रमुख अतिथि बस्नेतले दावी गरे ।


सहजकर्ताहरु जिल्ला न्यायाधीश बस्नेत, अधिवक्ताहरु तारा बाराकोटी, दीर्घसिंह पौडेल र हेमकला कट्टेलले सहजिकरण गर्ने कार्यक्रममा एक सय जना बढीको सहभागिता रहने कर्मचारी मायाकुमारी ऐरले जानकारी दिइन् । सहभागीहरुलाई न्यायिक समितिको गठन सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, न्यायिक समितिको निर्णय गर्न पाउने र मेलामिलाप गर्नुपर्ने मुद्धाहरु, न्यायिक समितिको संयोजक तथा सदस्यहरुको आचरण, मुद्धाको सुनुवाई प्रक्रिया, आदेश, फैसला, पुनरावेदन र फैसला कार्यान्वयन, स्थानीय तहले पारित गरेको कार्यविधि, न्यायिक समितिले जानकारीमा राख्नुपर्ने सम्बद्ध कानूनहरुलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।
मेलमिलापकर्ता मुकुन्द भण्डारीलगायतले मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन कर्मचारी ऐरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here