सामान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विरोध

0
99

मोरङ,
पथरी शनिश्चरे नगरपालिकाका विभिन्न वडा कार्यालयहरू तथा विद्यालयका लागि आवश्यक सामानहरु खरिद गर्ने पक्रियामा अपारदर्शिता तथा मनोमानी भएको भन्दै विरोध भएको छ।
गोप्य सुचना आधारमा यस विषयमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोलाई बुझ्दा थाहा नभएको प्रतिक्रिया दिनु भयो । अविलम्व आफुले सम्बन्धित पक्षहरूसमक्ष जानकारी लिने बताउनुभयो।
प्राप्त गोप्य सुचना अनुसार नगरपालिकाका विभिन्न वडा कार्यालय तथा केही विद्यालयहरूलाई पनि वितरण गर्ने योजना बनाई प्रिन्टर रल्यापटपर डेक्सटप खरिद गर्न लागिएको बताईन्छ। सोको लागि अनुमानित लागत ९भ्याट सहित० १९,लाख ८७हजार ६७०र( बराबरको बोलपत्ररदरभाउपत्र आव्हान गरिएको छ। हालसम्ममा एउटा मात्रै कम्पनीले सोको लागि ठेक्काका लागि बोलपत्ररदरभाउपत्र पेश गरेको बुझिएको छ।
जमानत रकम वापत ४४ हजार रुपैयाँ धरौटी रकम जम्मा गर्ने गरी सूचना प्रकाशित गरिएको छ। यसैगरी, नगरपालिकाबाट सार्वजनिक खरिद ऐन(४१ को नियमावली ८५ अनुसार ३ वटा कोटेशन दरभाउपत्र आव्हान गरी खरेल काष्ठ उद्योगले ९ लाख ८८ हजारमा ठेक्का लिएको नगरका कर्मचारी लुक पोख्रेलले जानकारी दिनुभयो। उहाँको अनुसार काठका २५ वटा सहित कुल ५० कुर्सी तथा ८ वटा काठको टेबल खरिद गरिने छ।
यस्ता सामानहरु खरिद प्रक्रियामा पारदर्शिता नभएको नगरवासीहरूको भनाई छ।
नगरपालिकाको आधिकारिक पेज वा अन्य कुनै स्थानीय संचारमाध्यममा पनि सूचना प्रकाशित नगरिएको स्थानियले बताएका छन्।
सोहि विषयमा नगरका प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले सार्वजनिक सामान तथा सम्पत्ति खरिद ऐनको आधारमा नै राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरिएको जनाउनु भएको थियो। उहाँले अनुसार गत जेठ २३ गते १५ दिने सार्वजनिक सूचना जारी गर्दै नगर बाहिरको एक राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको बताउनुभयो।
तर, स्थानीय नगरवासीले भने सूचना कुन स्थानीय पत्रिकामा निस्किएको होरु थाहा नभएको भन्दै सुचनाको हकबाट वञ्चित गराईएको भन्दै विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here