मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

0
42

झापा,

झापाको बिर्तामोड नगरपालिका -५ शनिश्चरेबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको ईन्जिन नम्बर 03S5C18L185573 र चेसिस नम्बर N-E303S5C1HL529250 को बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका(६ महमाई इलामका २२ वर्षीय मनिस गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको हो । चोरीको मोटरसाईल सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here