लागुऔषध ब्राउन सुगर सहित ८ जना पक्राउ

0
50

बिराटनगर,

झापा, मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिशेष सुचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका(१२ स्थितमा बिर्तामोड नगरपालिका(७ का १९ बर्षीय महमद आरिफ, अर्जुनधारा नगरपालिका(११ का २० बर्षीय प्रदिप दर्जी, मेचिनगर(१३ का २८ बर्षीय धन बहादुर महतारा र बिर्तामोड(१० का २४ बर्षीय सन्दिप लाम्गादे र भारत दार्जिलिङका ३२ बर्षीय राजेन्द्र बर्मन समेतलाई ११ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर र नगद २७ हजार ५० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी मोरङको बिराटनगर महानगरपालिका(१५ स्थितबाट धनकुटा नगरपालिका(१ का २३ बर्षीय मौषम तामाङ र २४ बर्षीय कमलेश तामाङलाई ४१ मिलिग्राम ब्राउन सुगर र उदयपुरको बेलका नगरपालिका(८ स्थितबाट रामधुनी(४ सुनसरीका ३७ बर्षीय हिरा साहलाई १ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here