झापा ४ मा दुईपटक हारेर पनि नथाकेका कांग्रेस नेता थेवे

0
140

विनोद सापकोटा

झापा, 
नेताहरु चुनावको मुखमा मात्रै जनता सामु जाने अनि अनेकौं आश्वासन बाड्ने गर्छन् । तर निर्वाचन पश्चात भने एक पटक पनि नाक मुख देखाउदैनन । उस्तै पर्यो भने जन्ती मलामी पनि जान भ्याइन भन्छन् । चाहे ति जीतेका नेता हुन, चाहे हारेका नै किन नहुन् ।
तर, यस्तो नेपाली राजनीतिक संस्कारलाई ठाडै चिर्दै ‘हर हमेसा’ जनताका माझ पुग्ने गरेका छन् झापाका नेता देउमान थेवे । उनि नेपाली कांग्रेसका झापा सभापति समेत हुन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा हार व्यहोरेका थेवे जनताका समस्या बुझ्दै केन्द्र, प्रदेशसम्म पुगेर विभिन्न योजना माग्ने र जनता माझ पुर्याउँछन् ।
झापा ४ मा २८ वडा छन् । उनको क्षेत्रका कनकाईका ७, झापा गाँउपालिकाका ७, गौरादहको १ र गौरिगञ्जका दुईवडा हुन् । उनले अर्थ, भौतिक पुर्वाधार, सिचाई, शिक्षा र स्वास्थ्य लगायतका मन्त्रालय बाट ल्याएका योजना जिल्लैभर संचालनमा छन् ।
पछिल्ला दिनमा थेवेले ल्याएका योजना शिवसताक्षीमा धमाधम संचालन हुन थालेका छन् । शिवसताक्षी पनि उनको निर्वाचन क्षेत्र हो । स्थानिय स्तरमा थेवेलाई योजना सिफारिस गर्ने पर्शुराम ढुँगाना, मचिन्द्र शेर्मा, मनोज खुलाल कार्की हुन् । उनिहरु नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि हुन् । यसका अलावा अशोक वस्नेत पनि हुन् । उनि शिवसताक्षी नगरका पार्टी सभापति हुन् ।
‘हाम्रो पाटीका नेताले केन्द्र संग समन्वय गरेर ल्याएका योजना आवस्यक्ता र प्राथमिकताका आधारमा संचालन हुन्छ,’ महाधिवेशन प्रतिनिधि पर्शुराम ढुँगानाले भने ‘नेपाली कांग्रेसले हरेक योजनालाई हरेक क्षेत्र, नगर, वडा र टोलमा आम सर्वसाधरणको जीवनमा परिवर्तन हुने गरि समान रुपले व्यवहार गर्छ ।’ पीडित र लक्षीत समुदायका गाँउलेले प्रत्यक्ष उपभोग गर्न पाउने गरि नेपाली कांग्रेसले योजना संचालन गर्ने उनले बताए ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ पाराबारी बजार पुर्वको कमल खोलामा केन्द्रिय बजेटमा बाँध निर्माण हुँदैछ । यो योजना स्थानियबासिन्दा समेत रहेका महाधिवेसन प्रतिनिधि शेर्मा, गएको स्थानिय तहको निर्वाचनमा नगर प्रमुख पदका उम्मेद्वार ढुँगानाले सिफारिस गरेका थिए । वडा नम्बर तीनका अध्यक्ष भास्कर न्यौपाने भन्छन, ‘ नगर, क्षेत्र र जिल्लाका पार्टी सभापति पटक पटक आएर अनुगमन गरेपछि यो योजना वडामा आएको हो ।’
वाँध निर्माण भएपछि वडा नम्बर ३ को कमल नदीको तटिय क्षेत्रको बगर खेतियोग्य जमिनमा परिणत हुने छ । वडा अध्यक्ष न्यौपानेले भने ‘करिव ३ सय विगाह खेतियोग्य जमिन बगरबाट निस्कदैछ ।’ २०६४ साल साउन १० गते कमल खोलामा आएको बाढीले मानव बस्ती बगरमा परिणत भएको थियो । त्यस यताका उम्मेदवारले कमल खोलाको बगर हरेक निर्वाचन जीत्नका लागि आधार बनाए ।
स्थायी बाँध निर्माण गने, खोलामा भएको जग्गालाई खेति योग्य जमिन बनाईदिने, धनिपुर्जाको व्यवस्था गरिदिने यस्तै यस्तै हुन्थे उम्मेदवारका आश्वसन हुने गरेको स्थानियले बताए । निर्वाचन जीते पछि उहाँहरुको नाक मुख गाँउमा नदेखिने गरेको स्थानिय धनमाया कुँवरले बताइन् ।
तर, दुई पटक प्रतिनिधि सभा, यतिकै संख्यामा प्रदेश र स्थानिय तहको निर्वाचन हारेको काँग्रेसले पार्टी सरकारमा भएका बेला यसरी करोडौका योजना गाँउमा ल्याएपछि स्थानिय निक्कै खुसी देखिन्छन् । ‘देउमान दाईले केन्द्र संग समन्वय गरेर हाम्रो गाँउमा ल्याएका योजनाले यहाँका मानिसको जीवनमा परिवर्तन आउने स्थानिय मणीराम भट्टराईले बताए ।
थेवेले शिवसताक्षीमा मात्रै १० करोडको योजना ल्याएका छन् । यी मध्ये केही धमाधम संचालन भईरहेका छन् भने केही अर्को आर्थिक देखि संचालन हुने थेवेले बताए ।
शिवसताक्षी ७ मा रहेको मायालु चोक हुदै दर्गा मन्दिर बाटो स्तरउन्नती, वाड न ८ झिलझिले बजार वाट ढुङगेल चोक हुदै सतासी खोला सम्म नाला निर्माण, १० नम्बर वडाको टाँसी छोलिङ बौद्ध गुम्बा मर्मत, वाड न ११ पाथिभरा चोकबाट झरना खोला हुदै प्रगति टोल सम्म सडक स्तर उन्नति, वाड न ६ शिवगञ बजार पच्चिम नवकरण स्कुल हुदै वाड कार्यालय झिलझिले जनता सडक कालोपत्रे लगायतका योजना उनले ल्याएका हुन् ।
यस्तै थेवेले चन्द्रडाँगी पश्चिमसतासी खोलामा झोलुङगे पुलु निर्माण, वडा नम्बर ११ को सतासी खोलाममा मन्दिर र वन कार्यालय जाने झोलुङेपुल, शिवसताक्षी ३ पारावारी वाट शिवमन्दिर सम्म सडक कालोपत्रे, वाड न ११ गणेशमान सिंह प्राविधिक शिक्षालय भवन निर्माणका योजना अर्थ मन्त्रालयबाट अनुमोदन गराएको नेपाली कांग्रेस शिवसताक्षीका सभापति अशोक वस्नेतले बताए ।
थेवे केन्द्रसम्म पहुँच राख्ने साङ्गठनिक क्षेत्रमा दखल राख्ने नेता हुन । यति मात्रै कहाँ हो र ? उनी जनताका बीच पुगि भावी योजना बनाउने, युवा, बाल, बृद्ध सबैसँग बसि भलाकुसरी गर्दै उस्तै व्यबहार गर्ने, विभिन्न कार्यक्रममा सरिक हुने, मेलमिलापको मध्यस्थता गर्ने उनको आदत छ ।
शिवसताक्षी एमालेकाले वर्चश्व भएको पालिका हो । नगर प्रमुख र उप प्रमुख सहित कार्यपालिकामा ४३ सदस्य एमालेको छ । नेपाली कांग्रेसको १४ मात्र छ । वडामा पार्टीले सिफारिस गरेका योजना नगरले राजनीतिक कारणले नदिने गरेको आरोप नेपाली कांग्रेसको छ । हरेक योजनाका लागि नेपाली कांग्रेसले प्रदेश र केन्द्र गुहार्नुको विकल्प नभएको नेपाली कांग्रेसका नेता पर्शुराम ढुँगानाले बताए । उनले भने, ‘झिलझिले माध्यमिक विद्यालयको शौचालय निर्माणका लागि मेयर साहेव संग बजेटको व्यवस्था गर्न म आफैले अनुरोध गरे । उहाँले हुनसक्छ आस्थाका कारणरकम छैन भन्दै पन्छिनु भयो । पछि मेरै पहलमा प्रदेश सरकारबाट १० लाख रुपैयाँ शौचालय निर्माणका लागि ल्याए ।’ अहिले धमाधम शौचालय निर्माण भइरहेको उनले बताए । सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुन् ।विद्यालयको शौचालय जस्तो संवेदनशिल र अत्यन्तै आवश्यक योजनालाई मेयर साहेवले सामान्य रुपमा लिनुभयो की भन्ने मलाई लागेको छ उनले भने । विद्यार्थी नगरका हुन् । विद्यालय नगरको सम्पती हो । ढुँगानले नगर प्रमुखलाई सुझाव दिदै भने ‘मेयर साहेव शिवसताक्षी लाई राजनीतिक छुवाछुत मुक्त नगर बनाऔं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here