शिवसताक्षीमा वडा सिलिङ बजेट विवाद सुरु, वडा अध्यक्षले बुझाए ‘मेयर’लाई ज्ञापन

0
60

शिवसताक्षी,
झापाको शिवसताक्षी नगरपालिकाले चालु वर्षको तुलनामा आगामी आथिक वर्षको वडा सिलिङ बजेट घटाएको भन्दै नगरका पाँच वडा अध्यक्षले आपत्ती जनाएका छन् ।
आफुहरुलाई पाखा लगाएर नगर प्रमुख मेघाहाङ थोप्राले एकलौटी वडा सिलिङ बजेट निर्धारण गरेको भन्दै उनिहरुले आपत्ती जनाएका हुन् । चालु आर्थिक वर्षमा नगरले वडामा ७५ लाख वडा सिलिङ बजेट विनियोजन गरेको थियो । उक्त बजेट द्धारा संचालित योजना निर्माण सम्पन्नको अन्तिम चरणमा छन् ।
आगामी आर्थिक वर्ष ०८०÷०८१ मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषयले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख थोप्रालाई वडा अध्यक्षले आईतबार ज्ञापन पत्र बुझाएका छन् ।
नगर प्रमुखको कार्यकक्षमा पुगेर वडा नम्बर ३ का वडा अध्यक्ष भाष्कर न्यौपाने, वडा नम्बर ६ का मनोज खुलाल, ७ का भवानी चेम्जोङ, ८ का सन्तकुमार फेउदिन र वडा नम्बर ९ का डिल्ली फेम्फुले हस्ताक्षर गरेको ज्ञापन पत्र संयुक्त रुपमा बुझाएका थिए ।
वडा अध्यक्षले ज्ञापन पत्रमा संघीय तथा प्रदेश सरकारबाट स्थानीय सरकारको खर्चको आवश्यकता, पूर्वाधार निर्माणको अवस्था, राजश्व संकलनको क्षमता लगायतका आधारमा प्राप्तहुने वित्तिय समानीकरण अनुदान तथा आन्तरीक आयको न्यायोचित तथा विवेकपूर्ण बाँडफाट हुनुपर्ने कुरामा जोड दिएका छन् ।
शिवसताक्षी नगरपालिकाले आगामी आ.व. २०८०÷०८१ को बजेट तथा कार्यक्रम तयार गर्ने क्रममा वडाहरुलाई सिलिङ्ग बजेट रु ६० लाख मात्र उपलब्ध गराएको वडा अध्यक्षले गुनासो गरेका छन् ।जेठ २४ गते पालिकाबाट गएको इमेलको पत्रवाटमात्र आफुहरुलाईवडा सिलिङ बजेट तय भएको बारे जानकारी भएको वडा अध्यक्ष भवानी चेम्जोङले बताए । ।
वडा बजेट सिलिङ्ग निर्धारण तथा नगरको योजनाहरुमा बजेट विनियोजन गर्दा विगतमा नगर कार्यपालिकाको बैठकको निर्णयवाटहुने परम्परालाई नगर प्रमुख थोप्राले लत्याएको वडा अध्यक्षले आरोप लगाएका छन् । ‘हामी वडा अध्यक्ष संग नगर प्रमुखले सामान्य परामर्श समेत नगरी नगरपालिकामा अघोषित सिन्डिकेट लगाउनु भएको हामीले ठहर गरेका छौं । यो हामीलाई मान्य छैन,’ वडा अध्यक्ष डिल्ली फेम्बुले भने । कार्यपालिकाको बैठक पछि ५७ जनाको नगर सभाले अनुमोदन गर्ने बजेटमा नगर प्रमुखले ५—६ जनाकोठामा राखेर तयार गरिएको बजेट आफूहरुलाई कुनै हालतमा मान्य नहुने ९ नम्बर वडाका अध्यक्ष फेम्बुले बताए ।
नगरकोश्रोत अनुमान तथा वजेटको सिमा निर्धारण समितिको बैठकले योजनाहरुमा विनियोजन गरेको बजेटमा नगरको महत्वपूर्ण गौरवका योजनाहरु ल्याण्डफिल साइट संचालन, शिवगंज कृषि थोक बजार निर्माण, झिलझिले वस पार्क निर्माण, शिवगंज आधारभूत अस्पताल संचालन तथा कृषि क्षेत्रको अग्रगामी विकास वारेमा कहि कतै बजेटले सम्बोधन नगरेको वडा अध्यक्षले आरोप लगाएका छन् । यस्ता अनिवार्य भौतिक पुर्वाधारमा बजेट विनियोजन नगरी सिमित व्यक्तीहरुलाई लाभ हुने गरी बजेट विनियोजन गरेको वडा अध्यक्षको आरोप छ । उनिहरुले भने,े‘नगरको सुशासन तथा चौतर्फी विकासमा अवरोध सिर्जना हुने प्रकृतिको श्रोत अनुमान तथा वजेटको सिमा निर्धारण समितिको निर्णय सच्याउन माग गर्दछौं ।’
वडा वडाको विकासवाट नै नगरको विकास हुने तथा वडा क्षेत्र बाहेक नगरको अन्य कुनै भुगोल नहुने भएको कारणले वडा कार्यालयमा वढी भन्दा वढी वजेट प्रवाह हुने पर्नेमा अध्यक्षको जोड छ । वडा कार्यालयहरुलाइ अपाङ्ग बनाउने किसिमको वजेट सिलिङ्ग प्राप्त भएकोले वडाको विकास जस्तो गम्भिर विषयमा लापारबाही नगर्न वडा अध्यक्षले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
नगर प्रमुखले कार्यपालिकाको वैठक नराखी जबरजस्ती अघि बढ्ने कार्य भएमा आगामी दिनमा नगरको गतिविधी र योजना तर्जुमा तथा कार्यान्वयनमा सहभागी नहुने र त्यसवाट पर्न सक्ने असर तथा परिणामको जिम्मेवारी स्वयं नगरपालिका कार्यालयले लिनुपर्ने वडा अध्यक्षले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
झापा जिल्लाका अन्य विभिन्न नगरपालिका र गाउँपालिकाहरुले वडाको बजेट सिलिङ्ग वर्षेनी क्रमश वढाउदै लगेका उदाहरणहरु छन् । वडाहरु सक्षम तथा सवल भएमा मात्र सम्पूर्ण नगर विकसित, तथा समृद्ध हुने तथ्यको विपरित शिवसताक्षी नगरकार्यपालिका अघि बढेको वडा अध्यक्षले आरोप लगाएका छन् ।
‘वडाकोसिलिङ बजेट घटाउने कार्यमा जिम्मेवार व्यक्ति अघि बढेमा वडाको विकासमा वाधा उत्पन्न हुने ठहर गर्दे उक्त निर्णय सच्याउन माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।वडा अध्ध्यक्षले नगर प्रमुखले ४८ घण्टा भित्र नगर कार्यपालिकाको वैठक आह्वान गरि आगामी आ.व. २०८०÷०८१ को वजेट तथा अन्य विषयहरुमा अर्थपूर्ण छलफलको माग गरेका छन् ।
यसैविच नगर प्रमुख थोप्राले वडा अध्यक्षले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रोत अनुमान तथा बजेटको सिमा निर्धारण समितिले ल्याएको खेस्रालाई कार्यपालिका बैठकमा पेस गर्ने बताए । उनले भने, ‘ नगरसभाका लागि पनि कार्यपालिका बैठक बोलाउनु छ । त्यही बैठकमा यो विषयलाई छलफलका रुपमा लैजाउँला ।’
शिवसताक्षी नगरमा ११ वटा वडा छन् । ज्ञापन पत्रमा ५ जना वडा अध्यक्षको मात्र हस्ताक्षर छ । अन्य ६ जना वडा अध्यक्षले वडा सिलिङ बजेटमा कुनै प्रतिकृया दिएका छैनन् । नगरका ५ वटा वडामा नेकपा एमाले निर्वाचित भएको छ भने एकवटा वडामा माओवादीले विजय हासिल गरेको थियो
अन्य ५ वटा वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । नगर प्रमुख र उपप्रमुख पनि नेकपा एमालेबाट निर्वाचित भएका हुन् । ज्ञापन पत्र बुझाउने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here