‘अखण्ड भारत’ को नक्सा राजनीतिक विषय होइन : भारतीय विदेशमन्त्री जयशंकर

0
43

काठमाण्डाै,

भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताउनु भएको छ ।

उहाँले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको हो ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा यस विषयमा कुरा उठिरहेका बेला उहाँकाे यस्तो अभिव्यक्ति आएको हो ।

नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको बताउँदै विदेशमन्त्री जयशङ्करले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत उल्लेख गर्नु भएको छ ।

उहाँले छिमेकी देशहरूलाई स्पष्टीकरण चाहियो भने त्यो ठूलो कुरा नभएको पनि धारणा व्यक्त गर्नुभयो । भारतमा जेठ १४ गते आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here