बालबालिकाको भविष्यप्रति सचेत होऔं

0
42

बालश्रमबिरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन १२ का दिन बालश्रमबिरुद्धको विश्व दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्रतिवेदन अनुसारमा विश्वमा पन्ध्र करोड बालबालिका बालश्रममा संलग्न छन् । ती मध्ये सात करोड बालबालिका जोखिमपूर्ण काममा संलग्न छन् । बालबालिका विश्वका भविष्य हुन् । त्यसैले उनीहरुलाई उनीहरुको बाँच्ने, लेखपढ गर्ने, मनोरञ्जन गर्ने र उचित शिक्षादीक्षा ग्रहण गर्ने नैसर्गिक अधिकारबाट वञ्चित गर्नु हुँदैन । त्यही भावनालाई आत्मसात गरी आइएलओले सन् २००२ देखि यो दिवस मनाउन थालेको हो । पाँच वर्षदेखि सत्र वर्ष उमेरका बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकका रुपमा लिइन्छ । त्यस आधारमा जोखिमपूर्ण काममा संलग्न बालश्रमिकले भोगेका मानसिक तथा शारीरिक समस्याका बारेमा छलफल गरी जागरुकता फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका खेलेको छ ।

हरेक वर्ष बालश्रमिकको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । तर, नेपालमा अझै पनि एघार लाख बालबालिकाहरु बालश्रममा संलग्न छन् । ती मध्ये दुई लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण काम गरिरहेका छन् । नेपालले सन् १९९० मा संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बालअधिकारप्रति प्रतिबद्धता जाहेर गरेको छ । यस बाहेक मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन– २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बालअधिकारलाई सुनिश्चित गरेको छ ।

बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य तथा प्रयासहरुमा ध्यान दिनु यो दिवसको उद्देश्य हो । यो दिवसले सरकार, रोजगारदाता, श्रमिक संघ–संगठनहरु नागरिक समाजका साथै विश्व समाजलाई बालश्रमिक दुरावस्थाप्रति सचेत गराउँदै बालबालिकाको सहयोगमा अघि आउन सजगता समेत प्रदान गर्दछ । अपरिपक्व उमेरका बालबालिकाको मन र शरीरलाई प्रभाव पार्ने जुनसुकै कामले उनीहरुको भविष्य, शिक्षा प्राप्त गर्ने अधिकार तथा शारीरिक विकासमा अवरोध पु¥याउँछ । त्यसैले घरेलु लगायत कुनै पनि कामबाट भविष्य नै प्रभावित हुने बालश्रमका बिरुद्ध विश्व समाज जाग्दैपर्छ । यसले मात्र बालश्रमिकबिरुद्धको दिवसको औचित्य सिद्ध भएको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here