स्वर्गद्वारीबाट फर्किएको जीप दुर्घटना– सबै यात्रुको मृत्यु

0
37

झापा ।

प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको उक्त जीपमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठजनाको मृत्यु भएको हो।

प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जीप चालक दाङको लमही नगरपालिका–५ का तारा कुमालबाहेक अरुको सनाखत हुन सकेको छैन। गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here