विश्व बालश्रम विरूद्ध दिवसको उपलक्ष्यमा जनचेतनामुलक कार्यक्रम

0
38

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे न.पा.-०१ जाँतेमोडमा विश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुसार जनचेतनामुलक कार्यक्रम संचालन भएको छ।

सोमबार ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट प्र.ना.नि. दिपीन जङ्ग थापा सहितको प्रहरी टोलीले विभिन्न होटल व्यवसायीहरु, ट्याम्पो तथा बस चालकहरु, स्थानिय भद्र भलादमी तथा मानिसहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

“बालश्रमको अन्त्य गरौ”: बाल बालिकालाई माया गरौ” जस्ता नाराका साथ बालश्रम बिरुद्धको अभियानमा नेपाल प्रहरीको अनुरोध सहितको जिङ्गल बजाई चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here