सहाराविहीन तीन बालबालिकाको सहारा बन्यो सहारा नेपाल

0
47

झापा ।

आमाको निधनपछि अभिभावक बिहीन बनेका बिर्तामोड –४ सूर्याेदय टोलका तीन बालबालिकाको संरक्षण सहारा नेपाल सहकारी संस्थाले गर्ने भएको छ । संस्थाले संरक्षण कार्यक्रम अन्तरगत निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेश दाहालको अभिभावकत्व ग्रहण गर्ने जनाएको छ ।

संस्थाले उनीहरुको उच्च शिक्षासम्मको अध्ययनमा सहयोग पु¥याउने, उनीहरु बसिरहेको घरलाई पुनः निर्माण गर्ने, घरभित्र चाहिने आधारभूत आवश्यकताका सामग्रीको व्यवस्थापन गर्ने दुर्गेशको उपचारमा सहयोग पु¥याउने, उनीहरुको संरक्षणका लागि केयर टेकरको व्यवस्थापन गर्ने, अध्ययन पश्चात इच्छुक भएमा एक जनालाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्ने र उल्लेखित सम्पूर्ण व्यवस्था मिलाउन स्थानीय निकाय तथा सरोकारवालाहरुसँंग समन्वय गर्दै कानूनी प्रावधान मिलाउने संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

गिरीले उनीहरुको संरक्षणबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै सहारा अभिभावकत्व प्रदान गर्न तयार रहेको बताएका थिए । केही दिन अघि सञ्चारकर्मी भाग्य न्यौपानेले उनीहरुको विषयमा श्रव्य दृष्य सामग्री सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए । न्यौपानेले सामाजिक सञ्जालमा उक्त सामग्री सार्बजनिक गरेलगत्तै सहाराले उनीहरुको संरक्षणको जिम्मा लिएको हो ।

न्यौपानेले सार्वजनिक गरेको भिडियो सामग्रीमा उनीहरुका बुवा डिप्रेसनले थलिएकाले उनीहरुको साथमा नरहेको रिपोर्टमा उल्लेख गरिएको थियो । आमाको निधन पछि तीन बालबालिका संरक्षणविहीन थिए । उनीहरुलाई आफन्तले समेत रेखदेख नगरेको उल्लेख गरिएको थियो ।

भिडियो रिपोर्टअनुसार बालबालिकाकी आमाको झण्डै ३७ वर्षको उमेरमा दमका कारण निधन भएपछि उनीहरु बिचल्लीमा थिए । भिडियो प्रशारण भए पश्चात सहारा नेपालका प्रमुख कार्यकारी गिरी, निर्देशक लक्ष्मण खतिवडासहितको टोली बालबालिकाको अवस्था बुझ्न उनीहरु बसेको ठाउँमा पुगेको थियो ।

सो क्रममा आमाको निधनपछि जेठी छोरीले भारतको पानीट्यांकीबाट नेपालका पसलेका लागि सामान ओसारेर जीविका चलाउँँदै आएको बताइएको थियो ।

त्यस लगत्तै ११ वर्षीया निर्दिका, ९ वर्षीया निर्बिका र ६ वर्षीया दुर्गेशको संरक्षणको जिम्मा सहाराले लिने घोषणा गरिएको थियो । ६ वर्षीय दुर्गेश बोल्न सक्दैनन् । उनको उपचारमा समेत सहकारीले सहयोग गर्ने जनाएको छ ।

बालबालिकाको अवस्थाबारे स्थानीय सुनिल न्यौपानेले भाग्य न्यौपानेलाई खबर गरेसंँगै न्यौपानेले उनीहरुको भिडियो प्रशारण भएको थियो । उक्त भिडियो प्रशारण भए पश्चात धेरैले आर्थिक सहयोग समेत गरिसकेका छन् ।

भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल डेभलपमेन्ट बैंकमा खाता खोलिएको छ । सो खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here