शिवसताक्षीका वडा आफ्नै भवनमा

0
44

झिलझिले ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –९ ले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।

यसअघि वडा नम्बर –११ स्थित साविकको सतासीधाम गाविसको भवनवाट –९ र ११ नम्बर वडाले सेवा सञ्चालन गर्दै आएका थिए ।स्थानीय मनकुमार र दीपेन्द्र कडरियाले जग्गा दान गरेपछि वडाको भवन बनेको हो । कडरिया दाजुभाइ हुन् ।

उनीहरुलाई झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवा, नगर प्रमुख मेघाहाङ थोप्रा र वडाध्यक्ष फेम्बूले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको सम्झना चोक देखि ३ सय मिटर दक्षिणमा निर्माण भएको उक्त भवन भूकम्प प्रतिरोधात्मक रहेको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य साँवा, नगर प्रमुख थोप्रा र वडा अध्यक्ष फेम्बूले भवनको सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यो भवन नगरका पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्माले शिलान्यास गरेका थिए ।

१ करोड २९ लाख रुपैयाँको लागतमा दूधेको शिवभक्त निर्माण सेवाले भवन निर्माण गरेको हो । एउटा सभाहल सहित ७ कोठाको उक्त भवन दुई तलाको छ । शिवसताक्षी नगरमा अव वडा नम्बर –१० मात्र आफ्नै भवनमा स्थानान्तरण हुन बाँकी छ । उक्त भवनको पनि ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको नगरपापिलकाले जनाएको छ ।

वडा अध्यक्ष हर्कवहादुर सिगूले ठेकदारको ढिलासुस्तीले गर्दा वडाको भवन निर्माणमा विलम्ब भएको बताए । वडा नम्बर –१० पनि आफ्नै भवनमा स्थानान्तरण भएपछि शिवसताक्षी नगरका ११ वटै वडा आफ्नै भवनमा हुनेछन् ।

०७९ असार १५ सम्ममा वडाका आफ्नै भवनबाट वडाले सेवा प्रवाह गर्ने योजना नगरले बनाएको थियो । तर, प्राविधिक समस्याका कारण विलम्ब भएको नगरपालिकाले जनाएको छ । शेर्मा नेतृत्वको नगर कार्यापालिकाले ९ र १० बाहेकका ९ वटा वडाको भवन निर्माण सम्पन्न गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here