भुटानी शरणार्थी प्रकरण : अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन

0
45

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् । अभियुक्तको पक्षमा प्रतिरक्षा बहस गर्न नाम टिपाएका वकिलको संख्या सयभन्दा माथि थियो ।

न्यायाधीश न्यौपानेले प्रतिरक्षा बहस बुधबार सकिसक्न आग्रह गर्नुभएको थियो । बुधबारसम्म प्रतिरक्षा बहस सकाएर बिहीबार सरकारी वकिलहरुबाट जवाफी बहस गराउने न्यौपानेको तयारी थियो। तर बुधबारसम्मको बहसमा अझै तीन अभियुक्तको पक्षमा वकिलहरुले बोल्न बाँकी रहेको छ ।

बुधबार प्रतिरक्षा बहस गर्ने पूर्वगृहमन्त्री बालकृष्ण खाँणका अधिवक्ताले उनको बचाउ गरे । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्व गृहमन्त्री बालकृष्ण खाँडको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाण माथिनै प्रश्न उठाउनुभएको छ । पूर्वगृहमन्त्री खाँणविरुद्धको अभियोगको औचित्य माथि प्रश्न उठाउँदै उहाँले प्रधानमनत्री बन्ने सम्भावना भएको व्यक्तिको चरित्र हत्या भएको दाबी गर्नुभयो ।

पूर्वगृहमन्त्री खाँणको राजनीतिक ईमेज ड्यामेज गर्नकै लागि बिना प्रमाण झुठो अभियोग लगाएको दाबी बार अध्यक्ष घिमिरेको छ । यस्तै, अर्का वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बयान नै नभएको विषयमा अभियोग लगाएको तर्क गर्दै जुन विषयमा बयान लिईएको हो त्यसमा मात्रै अभियोग लगाउनुपर्ने जिकिर गर्नुभयो । राज्यविरुद्धको अपराध र सरकारी लिखत किर्तेमा बयान नै नलिएको भन्दै एकीकृत कसुरको मुद्दा लाग्दै नलाग्ने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा १५ जना वकिलले बहस गरेका छन् । यस्तै, पूर्वसभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँको तर्फबाट कानून व्यवसायीले धरौटी वा साधारण तारेखमा छोड्नु पर्ने माग गर्दै प्रतिरक्षा बहस गरेका छन् । ईमेज खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here