मुनाल टोलमा कौशी खेती तालिम

0
128

बिर्तामोड ।

भान्सामा अधिकांश समय परिवारका लागि खर्च गर्ने महिला दिदी बहिनिहरुका लागि भनेर टोल विकास सस्थाले माग गरेको कौशी खेती तालिम बिर्तामोडको मुनाल टालमा सम्पन्न भएको छ।

अर्ग्यानिक उत्पादनमा पहुँच र खेती धेरै नभएको अवस्थामा समेत केहि न केहि उत्पादन गर्न सकियोस् भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न तालिम उत्घाटन कार्यक्रममा टोल अध्यक्ष देबी बास्तोला, र्कापालिका सदस्य निर्मला गजमेर, सुन्दर सामुदायिक सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, कृषि शाखाकी अनु मोते लगायतको आतिथ्य रहेको थियो ।

शहरीकरणले खेती गर्ने बानीबाट करेसाबारी,करेसाबारीबाट बरेनडा र छतमा तथा गमलामा बिरुवा रोप्ने बनाए पनि थोरै मेहनतले शुद्द खान पाउने भएकाले सबैले मेनहत गर्नु पर्ने वडाध्यक्ष शर्माको भनाई छ ।

४१ जना मुनाल टोलका महिलाहरुलाई दुई दिनसम्म बिर्तामोड कृषि शाखाका अनु मोते र गणेश तामाङले प्रशिक्षण दिएका छन् । । सोही अवसरमा बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष मेघराज बास्तोलालाई खदा र अबिरले बधाईसहित सम्मान गरिएको थियो ।

तालिम उद्घाटन सत्रमा सस्थाका सचिव झलक खत्री स्वागत गरेको कार्यक्रमको सञ्चालन मुनाल टोलका सदस्य शुरेस खतिवडा लक्ष्मी गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here