अमेरिका सामु चीन घुडा टेक्दै, अमेरिकासँग वार्ताको ढोका सधैं खुला- चीन

0
72

एजेन्सी। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघि चीन अमेरिका सामु घुडा टेक्ने संकेतहरु दिएको विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुमा रिपोर्ट प्रकाशित गरिएका छन् ।

पछिल्लो समयमा ताइवानको विषयमालाई लिएर अमेरिका संग सम्बन्ध खराब हुँदै गएका चीनले एक कदम पछि हट्दै अमेरिका संग सम्बन्ध सुधारको लागि घुडा टेक्न थालेको बताइएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकासँग वार्ताको ढोका सधैं खुला रहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीन र अमेरिका बीचको सञ्चार कहिल्यै नरोकिएको बताउँदै दुवै राष्ट्रले आपसी सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नुपर्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण तथा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि यस प्रकारको वयान चीनियाँ पक्षको आउनुको पछाडीको स्वार्थ के होला आउदो समयले देखाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here