नि:शुल्क स्काउट पोशाक वितरण

0
69

शिवगञ्ज ।

रुद्र—गौरी श्री अम्बिका ओली प्रतिष्ठानले झापाको शिवगञ्ज स्थित जनआदर्श माध्यमिक विद्यालयको दोश्रो व्याजको स्काउट ‘ट्रुप’ लाई नि:शुल्क स्काउट पोशाक वितरण गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको सो विद्यालयका २५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । छात्रलाई सर्ट, पेन्ट, मोजा जुत्ता प्रदान गरिएको छ भने छात्रालाई ‘स्कट’ सर्ट, जुत्ता र मोजा प्रदान गरिएको प्रतिष्टानका केन्द्रिय कोषाध्यक्ष यज्ञ प्रसाद (गोपाल) ओलीलले बताए ।

सो विद्यालयमा अतिविपन्न वर्गका छात्रा छात्र अध्ययनरत छन् । आदिबासी जनजाती, मधेसी, दलित समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा ०७८ देखि स्काउट ‘ट्रुप’ गठन भएको थियो । दाता संस्थाका केन्द्रिय कोषाध्यक्ष ओलीले भने,‘ हाम्रो कार्यक्रमबाट लक्षित वर्गका विद्याथी लाभान्वित हुन सकुन भन्ने थियो । विद्यार्थीको छनौट र उृनिहरुको अवस्था हेर्दा संस्थाको उद्देश्य पुरा भएको छ ।’

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल पनि उपस्थित थिए । प्रमुख अतिर्थीको आसनबाट बोल्दै उनले स्काउटले विद्यार्थीहरूको भविष्य पनि उज्ज्वल बनाउने भएकोले दत्तचित्त भएर लाग्न विद्यार्थीलाई अनुरोध गरे ।

‘स्काउटले शारीरिक, मानसिक र शैक्षिकका योगदानका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि सहयोग पुर्याउँने हुँदा बेलैदेखि स्काउटका हरेक गतिविधिमा समाहित हुनुहोस् । तपाईकलाई वडाले हार्थिक रुपमा सहयोग गर्ने छ । उनले रुद्र—गौरी, श्री अम्बिका—ओली प्रतिष्ठानको खुलेर प्रशंसा गरे । वडा अध्यक्षले मात्र होइन विद्यालय परिवारले पनि दाता प्रतिष्ठानको रचनात्मक सहयोगको कदर गर्दे प्रतिष्ठानका कोषाध्यक्ष यज्ञप्रसाद (गोपाल) ओलीलाई सम्मान गरेको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ शिवसताक्षीका अध्यक्ष यामनाथ काफ्ले, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नरप्रसाद (नविन) ओली, सो सहकारीका उपाध्यक्ष मोहन मैनाली, जनआदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन तिम्सीना, शिक्षक अभिभावक संघका अध्यक्ष छविलाल गुरागाँई , समाजसेवी नारायण ओली, स्वरस्वती प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक गणेश घिमिरे लगायतको उपस्थिती थियो ।

विद्यालयका प्रधानाध्यापक समेत रहेका जन आदर्श स्काउट ट्रुपका संरक्षक तुलसी प्रसाद अधिकारीको अध्यक्षता र विद्यालयका सहायक प्रधानाध्यापक टिकाराम काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण स्काउट मास्टर भक्ति काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here