बौद्ध मुर्तिसहित गरुवा बौद्ध बिहारको उद्घाटन

0
82

विमल दहाल

माई इलाम,माई नगरपालिका वडा नम्बर- ४ सिन्जालीटारमा माई कै पहिलो गरुवा बौद्ध बिहारको उद्घाटन भएको छ। नेपाल मगर संघ माईको आयोजना र नेपाल आदिवासी जनजाती महासंघ माईको प्रायोजनमा सम्पन्न उद्घाटन कार्यक्रममा गरुवा बौद्ध विहार स्थापना गरिएको हो। प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले ब्यानर वाचन गरि उद्घाटन गर्नु भएको बौद्ध विहारलाई थप सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो।

नेपाल मगर संघ माई अध्यक्ष ज्ञानबहादुर गुर्मछान मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख आथिति मेयर लिम्बू, विशेष आथिति नेपाल मगर संघ केन्द्रिय सदस्य भक्तबहादुर लुङ्गेली मगर, वडा अध्यक्षद्वय हेमबहादुर लायो मगर,भुपेन्द्र पुर्वछाने मगर, नेपाल जनजाति महासंघ माई नगर समिति अध्यक्ष सेतु तामाङ, नेपाल प्रेस युनियन ईलाम कोषाध्यक्ष हरि असीम लगायतको सहभागिता रहेको थियो।

स्थानिय समाजसेवी लालबहादुर थापा मगर र डम्बर थापा मगरले बिहार निर्माणार्थ ४ आना जग्गा प्रदान गर्नु भएको जग्गामा हालसम्म लगभग साढे ११ लाख खर्च गरेर २ कोठे भबन निर्माण गरिएको छ । बौद्ध समाज ईलाम अध्यक्ष भोजबहादुर लुङ्गेली मगरले बिहारमा स्थापित एक थान बौद्ध मुर्ती निशुल्क प्रदान गर्नु भएको छ भने संघका केन्द्रिय सदस्य भक्तबहादुर लुङ्गेली मगरले ३० बोरा सिमेन्ट प्रदान गर्नु भएको थियो। अन्य लगानी भने नेपाल मगर संघ माईको देउसी भैलो कार्यक्रमबाट संकलित रकम सहित १ लाख ७० हजार, माई नगरपालिकाबाट रु.साढे ४ लाख लालीगुरास सामुदायिक वन समुहबाट रु १ लाख रुपैयाँ र बाकी श्रमदानद्वारा गरी हालसम्मको निर्माण कार्य भएको नेपाल मगर संघ माई नगर कमिटी अध्यक्ष ज्ञान बहादुर गुर्मछान मगरले जानकारी दिनुभयो।

यसै विच बिहिवार देखि ५ दिनसम्म नेपाल आदिबासी जनजाती लक्षित कार्यक्रम अन्तर्गत नेपाल मगर संघ माईको सास्कृतिक तथा रितिरिवाज उत्थान सम्बन्धि कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको नेपाल आदिवासी जनजाति महासंघ माई नगर समिति अध्यक्ष सेतु तामाङले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here