कृषि उत्पादनमा वृद्धि गर्न अर्जुनधारा नगरपालिकाद्वारा कृषि औजार वितरण

0
106
अर्जुनधारा, कृषिमा यन्त्रको प्रयोगबाट आधुनिकीकरण गरि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले अर्जुनधारा नगरपालिकाले शुक्रबार एक कार्यक्रमकोबिच कृषकहरुलाई साना कृषि औजार वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीहरुलाई उक्त कृषि औजार वितरण गरिएको हो ।
कृषि विकास शाखाका अनुसार चालु आर्थिक वर्ष ०७९÷०८०को स्वीकृत योजना अनुसार साना फार्म मेसिनरी साझेदारी कार्यक्रम अन्र्तगत कृषक समूह, सहकारी र कृषि फार्मसहित जम्मा ४४ वटा संस्थालाई ५० प्रतिशत अनुदानमा उक्त औजारहरु वितरण गरिएको हो ।
वितरण गरिएका औजारहरुमा मकै छोडाउने मेसिन(कर्न थ्रेसर) ३२ थान, कुटानी पिसानी मिल(कम्बाइन राइस मिल) ११ थान, मिनी टिलर नौ थान, ब्रस कटर एक थान, पावर टिलर एक थान र हाते धान रोप्ने मेसिन एक थान रहेका छन् । उक्त औजारहरुको कुल लागत १४ लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ ।
कार्यक्रममा नगर प्रमुख तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, शिक्षा, खेलकुद तथा युवा विकास शाखा प्रमुख तोयानाथ रेग्मीलगायतले कृषकहरुलाई औजार वितरण गरेका थिए ।
वितरण गरिएका औजारहरुको कृषकहरुले उपयुक्त किसिमले प्रयोग गरे नगरेको विषयमा नगरपालिकाले अनुगमन गर्ने र दुरुपयोग गरेको भेटिएमा आगामी दिनमा औजार वितरणको कार्यक्रमलाई स्थगित गर्ने प्रमुख तामाङले दावी गरे । उक्त कार्यक्रमको सञ्चालन शाखाकी प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here