सामुदायिक बन समुहको अध्ययन अवलोकन र लेखा व्यवस्थापन तालिमको समिक्षा

0
89

विमल दहाल

माई, सामुदायिक बन विकास कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका लागि अभिलेख ब्यबस्थापन, कार्यालय ब्यवस्थापन तथा लेखा ब्यबस्थापन तालिम तथा सामुदायिक बन अध्ययन अवलोकन भ्रमणको समिक्षा कार्यक्रम बुधबार माई नगरपालिका इलाममा सम्पन्न भएको छ। एकहप्ते लेखा तालिम र एकहप्ते अध्ययन अवलोकन भ्रमणको समिक्षा ६४ सामुदायिक बनका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा सम्पन्न भएको हो। जेठ १७ देखि जेठ २३ गतेसम्म सामुदयिक वन समुहहरुका पदाधिकारी तथा सदस्यहरु, सामुदायिक बन उपभोक्ता महासंघका पदाधिकारी, माई नगरपालिकाका कर्मचारी, पत्रकार लगायत ९० जनाको भ्रमण झापा, मोरङ्ग, सुनसरी, उदयपुर, मकवानपुर र चितवन जिल्लाका विभिन्न उत्कृष्ट नमुना सामुदायिक वन, सिमसार र पर्यापर्यटन क्षेत्रमा भएको थियो। त्यस्तै माई नगरपालिका भित्रका १ सय १८ जनाको सहभागितामा अभिलेख ब्यबस्थापन, कार्यालय ब्यवस्थापन तथा लेखा ब्यबस्थापन तालिम गत असार ४ गते देखि असार ११ सम्म सन्चालन भई आज समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
समिक्षा कार्यक्रम माई नगरपालिका उपमेयर हिमा भण्डारीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारी सामुदायिक वन दिगो विकास लक्ष्यका साथ अगाडि बढ्नु पर्ने जानकारी दिनुहुदै विगतमा जानेर नजानेर महिलालाई चेक हस्ताक्षरमा मात्र समेटिने गरिएको यथार्थ जानकारी प्रस्तुत गर्नु भएको थियो। उपमेयर भण्डारीले अध्ययन अवलोकन भ्रमण र लेखा ब्यबस्थापन तालिम पछी धेरै विषयबस्तुमा महिला पनि सक्षम रहेको बताउनु भएको छ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, सामुदायिक बन उपभोक्ता महासंघ ईलामका केन्द्रीय सदस्य ध्रुब श्रेष्ठ, पुर्व इलाम जिल्ला अध्यक्ष रेसबहादुर कटुवाल, माई उपाध्यक्ष रिता पौडेल खत्री, वन वातावरण तथा बिपद ब्यबस्थापन माई शाखा प्रमुख ज्ञानेन्द्र रेग्मी, सरस्वती तुम्बाहाम्फे, सिर्जना ढुङ्गाना, तिर्थमाया मगर, अर्जुन चापागाईं लगायतले कार्यक्रमको प्रभाव र उपलब्धीका वारेमा जानकारी मन्तव्य राख्नु भएको थियो।

कालिखोला सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष यदुनाथ दुलाल, लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष नारायण प्रसाद दुलाल नमुना सामुदायिक वनका सन्देश दियाली , पत्रकार हरि असीम, विमल दहाल लगायतले भ्रमण प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सरस्वती तुम्बाहाङ्फे,सिर्जना ढुङ्गाना,अर्जुन चापागाई,तिर्थमाया मगरले भ्रमणको उपलब्धी बारेमा चर्चा गर्नु भएको थियो।
यता तालिममा सहभागीको तर्फबाट वरभन्ज्याङ सामुदायिक वन समुहकी ललिता राई, कल्पतरु सामुदायिक बन समुहका काशीनाथ पौडेल लगायतले लेखा तालिमको प्रभाव र उपलब्धिका बारेमा मन्तव्य राख्नु भएको थियो।

वन वातावरण तथा विपद व्यवस्थापन शाखा माई नगरपालिकाको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ माई नगर समितिको सहजीकरणमा सम्पन्न एक दिने समिक्षा कार्यक्रम माई नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हेम वहादुर लायो मगरको अध्यक्षता तथा माई नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपिका घिमिरेको सन्चालनमा सम्पन्न भएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ज्ञानेन्द्र रेग्मीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here