अध्यक्ष नेपालबाट इदको शुभकामना

0
36
काठमाडौँ, 
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
इस्लाम समुदायको बकर इदका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताउनुभएको हो ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विज्ञप्तिमा भ्रातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा इदले हिमाल, पहाड र तराईका जनताका बीचमा आपसी मित्रता, सद्भाव कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिमा यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने उल्लेख गरिएको छ । आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here