गोदाममा प्रशासनको सिलबन्दी

0
38

इलाम ।

नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई बिक्री वितरण गरेको पाइएपछि इलाम–७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले सिलबन्दी गरेको छ ।

तीन दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, कर कार्यालय, इलाम नगरपालिका सहितको अनुगमन टोलीले बुधवार कृषि बीज भण्डारलाई निर्देशन समेत दिएको छ ।

अनुगमनको क्रममा ३४ बोरा युरिया, १८ बोरा डिएपी र इण्डियन मल फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here