वृद्धवृद्धालाई फलफूत तथा दूध बितरण

0
210

झापा, हरिशयनी एकादशी पर्बको अवसर पारेर परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूत तथा दूध बितरण गरिएको छ ।
सामाजिक कार्यमा सक्रिय रहेकी बिर्तामोड – ५ पाथीभरा टोल निवासी आरती श्रेष्ठ लिम्बूले वृद्धवृद्धालाई फलफूत तथा दूध बितरण गरेकी हुन् । कतिपय वृद्धवृद्धा ब्रत बस्ने हुनाले उहाँहरुलाई दूध र फलफूल बितरण गरिएको हो लिम्बूले भनिन् ।
आफ्नो चार बर्षीय नाती ओनामहाङ राई कान्ति वाल अस्पताल काठमाडौंमा उपचाररत रहेको र नातीको स्वास्थ्य लाभको कामना सहित वृद्धवृद्धासंग आर्शीवाद समेत मागिएको उनको भनाई छ । लिम्बूसंगै वृद्धाश्रम पुगेका सीता तिम्सिना, गीता कट्टेल, देवी थापाले बितरण कार्यमा सहजीकरण गेका थिए । आश्रममा रहेका ४० जना वृद्धवृद्धालाई २८ पोका दूध र आप वितरण गरिएको थियो ।
आरतीले यस अघि पनि रहेक वर्ष आफ्नी माता पञ्चमति लिम्बूको स्मृतिमा वृद्धवृद्धालाई जमरे औशीका दिन सहयोग गर्दै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here