झापा, राष्ट्रिय धान दिवसको अवसर पारेर नेपाली सेनाको अरिदमन गण चारआलीले बृक्षरोपण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच व्यारेक परिसरमा वृक्षरोपण गरिएको हो ।
झापामा रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा गरिएको वृक्षरोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुअ दुर्गाराज रेग्मी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक तुलसी प्रसाई, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल सहभागी हुनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उद्योगी टिकाराज ढकाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायत वृक्षरोपण कार्यक्रममा सहभागी रहेका थिए । कार्यक्रमको सहजीकरण अरिदमन गण चारआलीका गणपति इमेश मेहर श्रेष्ठ गर्नु भएको थियो ।
फोटो फिचर































