करेन्ट लागेर मजदुरको मृत्यु

0
144

झापा, करेन्ट लागेर झापाको बिर्तामोडमा आज एक जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । जान विहान घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो ।
सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here