‘मुन्धुम सांस्कृतिक उद्यान’मा तीन ढुंगा चुल्हो, साल्पा पोखरी र खुवालुङ

0
164

अमित खम्बू
अर्जुनधारा, के तपाईंलाई किरात समुदाय अन्र्तगत राई जातिको लागि विशेष महत्व राख्ने तीन ढुंगा चुल्हा, खोटाङ र भोजपुरको सीमाक्षेत्रमा रहेको साल्पा पोखरी, सप्तकोशी नदीमा रहेको खुवालुङ आदि हेर्ने रहर छ ?
अब तपाईंको उक्त रहर किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिले अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको साकेला थान परिसरमा निर्माण भएको ‘मुन्धुम सांस्कृतिक उद्यान’ले पूरा गरिदिने छ ।
राई जातिको संस्कार र संस्कृतिसँगै उनीहरुको इतिहास बारे सबैलाई जानकारी दिने उद्देश्यले किराया अर्जुनधाराले उद्यान निर्माण गरि तीन ढुंगा चुल्हा, साल्पा पोखरी, खुवालुङ, सप्तकोशी नदीका तीन सहायक नदी अरुण, तमोर र दुधकोशी आदिलाई प्रतीकात्मक रुपमा राखिएको सचिव सिंहबहादुर राईले जानकारी दिए ।
अनुमानित डेढ कठ्ठाको क्षेत्रफल रहेको उद्यानमा बगैंचा, आगन्तुकहरुको लागि बस्नलाई आठ वटा फलामको बेञ्च आदि राखिएको छ । संस्था र दाताहरुको अनुमानित एक लाख ३७ हजार रुपैयाँ बढीको लागतमा उद्यान निर्माण भएको बताइएको छ ।
साल्पा पोखरी निर्माण गर्न अर्जुनधारा–८ निवासी चन्द्रकला राईबाट १४ हजार रुपैयाँ, चार वटा फूल स्टेण्ड निर्माण गर्न अर्जुनधारा–९ निवासी ओम मिश्रबाट १५ हजार रुपैयाँ, बगैंचामा विभिन्न फूल र बिरुवा रोप्न कनकाई निवासी शेरबहादुर थापाबाट १० हजार रुपैयाँ प्राप्त भएको सचिव सिंहबहादुर राईले जानकारी दिए ।
त्यसैगरी अर्जुनधारा–७ निवासी नारायण+शान्ता चाम्लिङ राईबाट १४ हजार रुपैयाँ, आमा रिजममाया राईको स्मृतिमा अर्जुनधारा–८ निवासी छोराहरु राजबहादुर र जंगबहादुर साङपाङ राईबाट १४ हजार रुपैयाँ, आमाबुबा कबीरशोभा र मीनाकुमारी+मुलुकसिंह राईको स्मृतिमा अर्जुनधारा–८ निवासी छोराहरु भीमश्वर, रविन, यादव र उदय राईबाट १४ हजार रुपैयाँ, आमा तीर्थकुमारी राईको स्मृतिमा अर्जुनधारा–८ निवासी मीनाकुमारी राईबाट १४ हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको सचिव राईले बताए ।
त्यस्तै श्रीमती लालहीरा चाम्लिङ राईको स्मृतिमा अर्जुनधारा–८ निवासी श्रीमान क्या.मानबहादुर चाम्लिङ राईबाट १४ हजार रुपैयाँ, आमाहरु आसमाया र लालमाया राईको स्मृतिमा अर्जुनधारा–८ निवासी सुभानसिंह+मिश्राकुमारी वान्तवा राईबाट १४ हजार रुपैयाँ, आमाबुबा मैया+इन्द्रकुमार राईको स्मृतिमा अर्जुनधारा–८ निवासी प्रमिला राईबाट १४ हजार रुपैयाँ र अर्जुनधारा–८ निवासी क्या.शिवकुमार÷मनु राईबाट १४ हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।
उद्यानको शनिबार एक कार्यक्रमकोबिच प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।
समितिका अध्यक्ष विजय साङपाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा किराया झापाका सल्लाहकार एवम् अग्रज पत्रकार दिपीन राई, किराया झापाका उपाध्यक्ष केवलराम राई, सदस्य क्या.शिवकुमार चाम्लिङ राई, दाता शेरबहादुर थापालगायतले समितिले गरेको उद्यान निर्माणको कार्य उदाहरणीय र प्रशंसनीय भएको धारणा व्यक्त गरेका थिए । समितिकी वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here