पथरीशनिश्चरे ,
मोरङको उर्लाबारी६ मा संचालित अश्रय मेडिकल हलमा अवैध गर्भपतन गराउन सम्लग्न भएको आरोपमा स्त्री रोग विशेषज्ञ डां ममता पंडित उपर पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएस्पी रञ्जन दहालले अवैध गर्भपतनको आरोपमा मेडिकल संचालक सन्तोष घिमिरे पक्राउ परेपछि उनकै बयानका क्रममा संचालकले डाक्टरको पनि सम्लग्नता रहेको बयान दिएका छन् र उ डाक्टर पण्डितलाई पनि पक्राउ पुर्जी जारी गरी खोजी कार्य भईरहेको छ।
मोरङको उर्लाबारी(३ मंगलबारेमा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत डाक्टर ममता पंडित नै आर्थिक प्रलोभनमा परेर अवैध गर्भपतनको बाटोमा सम्लग्न भएको आरोपमा उनीविरुद्ध प्रहरीले निगरानी बढाउदै आएको थियो ।
आरोपित घिमिरेले यस अघि बयानमा डाक्टरको सम्लग्नताबारे प्रष्ट रुपमा नबोलेका कारण डाक्टरसम्म प्रहरी पुगेको थिएन ।
घटनाको सुरुमा प्रहरीले घिमिरेलाई मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा गर्भपनतका विषयमा छलफल भईरहेको ठाउँमा उनीउपर स्थानिय र आफन्तले आरोप लगाएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
उनी पक्राउ परेको केही समयमा किटानी जाहेरी परेपछि पहिलो पटक ईलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान थालेको थियो ।
पहिलो पटकको अनुसन्धानमा घिमिरेले बयानमा डाक्टरको नाम लिएका थिएनन् ।त्यसपछि प्रहरीले घिमिरेको अनुसन्धान नसकिएको भन्दै थप एक दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
दोस्रो पटकको थप अनुसन्धानमा घिमिरेले डाक्टरको सम्लग्नताबारे मुख खोलेपछि डाक्टर पंडितलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला अदालत मोरङबाट असार १४ गते विहिबार पक्राउ पुर्जी जारी गरी खोजी गरीरहेको जनाएको छ ।
गत जेठ २५ गते विहिवार झापाको दमक नगरपालिका(४ बस्ने एक ४० वर्षिया कल्पना राई गर्भपरिक्षणका लागि उर्लाबारी(६ मधुमल्ला रोडमा रहेको अश्रय मेडिकल हलमा पुग्दा पेटमा २० हप्ता अर्थात ५ महिनाको छोरी रहेको थाहा भएपछि उनले घरेलु समस्या देखाउदै गर्भपतन गराउने सल्लाह मेडिकल संचालकसंग मागेकी थिइन् । उनको सल्लाह बमोजिम मेडिकल हलका संचालकले उहाँलाई गर्भपतनका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ममता पंडितलाई बोलाई दिने र २५ हजार रुपैया लाग्ने बताएका थिए।
त्यसपछि जेठ ३२ गते विहान ८ बजेतिर पुनः मृतक कल्पना राई सोहि मेडिकल हलमा पुगेर डाक्टरको सल्लाह बमोजिम नै औषधी सेवन गरेकी थिइन्। औषधी सेवन गरे पनि अत्यधिक रक्तश्राव नरोकिएपछि निज कल्पनाको मृत्यु भएको थियो ।
अवैध रुपमा औषधि सेवन गराई आफ्नी श्रीमतीको मृत्यु भएको भन्दै श्रीमान युवराज राईले प्रहरी समक्ष किटानी जाहेरी दिएपछि पक्राउ परेका घिमिरे अहिले हिरासतमा छन्।
डाक्टरको सल्लाह बमोजिम गर्नु भनेपनि घिमिरेले संचालन गरेको मेडिकल हलले प्रसुति गराउने अनुमति पाएको छैन् । उहाँले अनुमति नै नपाएको क्लिनिकमा विरामी परिक्षण गर्न आउने डाक्टरसंग मिलेमत्तो गरी पैसाको प्रलोभनमा पारेर अवैध गर्भपतन गराउने गरेको प्रहरीले जनाएको छ ।
जेठ २५ मा गर्भपरिक्षण गराउन गएकी ति महिला करिव ७ दिन पछि अर्थात असार(१ गते शुक्रवार रक्तश्राव भएको भन्दै श्रीमानलाई साथमा लिएर उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर पुगिन् ।
अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको पेटमा भएको शिशुको मृत्यु भईसकेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत मेडिकल अफिसर डाक्टर सुमन यादव बताए ।
शल्यक्रिया पछि पनि ति महिलाको रक्तश्राव नरोकिएपछि अस्पतालले विरामीको थप उपचारका लागि केही डाक्टरको साथ सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राता रात पठायो तर ति महिलाले उपचारकै क्रममा राईको मृत्यु भएको थियो।
महिलाको मृत्यु भएपछि भोलिपल्ट विहान मृतका आफन्त र स्थानियले अस्पताल परिसरमा शव राखेर क्षतिपुर्तिको माग तथा उपचारमा डाक्टरको लार्पवाही भएको भन्दै विरोध गर्न थालेपछि प्रहरीले घटनाको बारेमा छानविन अगाडी बढाएको थियो।
छानविनका क्रममा महिलाको अवैध गर्भपतनको प्रक्रिया आश्रय मेडिकलहलबाट सुरु भएको र घटनामा मेडिकलको सम्लग्नता रहेको पाईएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले मेडिकल संचालकलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाइएको रहेको छ ।






























