मर्मतमा गरिएको करोडौ लगानी ‘वालुवामा पानी’

0
54

भगीरथ भण्डारी,
इलाम।

जति मर्मत गरे पनि मेची राजमार्गस्थित इलाम–राजदुवाली खण्डको सडक भासिने क्रम रोकिएको छैन । साविक मेची अञ्चलका चार जिल्ला जोड्ने राजमार्गको उक्त सडकको भासिने क्रम नरोकिँदा तीन जिल्ला जोड्ने राजमार्ग बन्द हुने अवस्थामा पुगेको छ ।

सडक बिग्रिएको र राजमार्ग अवरुद्ध हुन थालेपछि सडक डिभिजन कार्यालयले बिगत दुई महिना अघिदेखि सडक मर्मतको काम गरिरहेको छ । मर्मत गर्ने क्रममा ग्राभेल गर्न रोडा लगाउनुपूर्व माटो हालेको र त्यसमाथि रोडा हालेको कारण झन् बाटो बिग्रिएको स्थानीय बताउँछन् ।

सडक बिग्रिएर समस्या भएको गुनासो आउन थालेसँगै आइतबार जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सरोकार व्यक्तिले सडक बिग्रिएको ठाउँमै गएर सडक अवरुद्ध नहुने गरी काम गर्न सडक डिभिजनलाई निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले एउटा मेसिन र कर्मचारी त्यहीँ राखेर मर्मत गरिरहन र राजमार्गमा सहज यातायात सञ्चालन गर्न निर्देशन दिएक हुन् ।

राज दुवाली सडकखण्ड भासिने गरेको कारण लामो समयदेखि मर्मतका नाममा करोडौँ खर्च सकिए पनि अहिलेसम्म सडक बन्न सकेको छैन । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७÷०७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । निर्माण व्यवसायी स्वच्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित रक एन्करिङ विधिबाट सडक मर्मत गरे पनि सडक जस्ताको तस्तै छ । त्यस यता मर्मतका नाममा बर्षेनि लाखौ खर्च भइरहेको छ, तर सडक भने उस्तै छ ।

बारम्बार सडक भासिएपछि राज दुवालीे एङ्करिङ अर्थात् रड र सिमेन्टको घोला प्वालबाट पठाएर जमिन मुनि पक्की बनाउने काम गरिएको थियो । बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राभेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द सफल जेभी निर्माण कम्पनीले काम सम्पन्न त ग¥र्या तर पनि सडकको अवस्था झन् कुरूप बन्दै गयो ।

पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची राजमार्गको राज दुवाली खण्डमा एङ्करिङ गरिए पनि सफल हुन सकेन । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट राक्ने भनिएको थियो । तर, त्यो एक वर्ष पनि टिक्न सकेन ।

एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारी त्यसका लागि मेसिनले हावाको दबाब दिएर प्वाल क्लीयर भएपछि ३२ एमएमको फलामको चार÷चार मिटरको रडलाई सकेटको माध्यमबाट जोड्दैभित्रसम्म पु¥याइएको थियो । त्यसपछि हावाकै दबाबमा सिमेन्टको घोला र केमिकल फलामको पाइपमार्फत नै पठाए पनि एक वर्षमै सबै दब्यो । भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएर त्यसलाई बाहिरको प्वालसम्म जमाएर जम्मा एक सय ८२ वटा प्वालबाट एङ्करिङ विधिबाट काम गरे पनि सडकको अवस्था सुध्रिएन ।

पुनः त्यही विधि प्रयोग गर्न खोजिदै

सडक भासिने क्रम नरोकिएपछि अर्को विकल्पको चर्चा चले पनि त्यही ठाउँमा पहिले नै प्रयोग गरेर पनि असफल बनेको एङ्करिङ विधि पुनः प्रयोग गरिने भएको छ ।

सडक भासिएसँगै आर्थिक वर्ष २०७१/०७२ सालमा नै एङ्करिङ विधिबाट काम गरे पनि त्यो असफल हुँदा हुँदै पनि पुन एङ्करिङ विधिबाटै सडक मर्मत गर्ने तयारी भइरहेको छ । डिभिजन सडक कार्यालय इलामका प्रमुख बिदुर पोख्रेलले राज दुवाली सडक खण्डमा पुनः एङ्करिङ विधिबाटै सडक मर्मतको तयारीका लागि काम भइरहेको बताए । उनले त्यसका लागि पहिलेभन्दा पाँच फिटभित्रसम्म रड लगाउनुपर्ने अध्ययनले देखाएको तर सोही अध्ययनले विकल्प त्यो नभएको समेत देखाएको बताए ।

उक्त सडक मर्मतबाट सम्भव नहुने थाहा हुँदाहुँदै पनि अर्को विकल्पका लागि निकास नआउँदा पुनः त्यही काम गर्नुपर्ने अवस्था रहेको भन्दै उनले भने– ‘सडक अवरुद्ध हुन दिनुभएन कि अर्को विकल्पबाट सञ्चालन गर्नुप¥यो त्यो पनि नहुँदा त राजमार्ग मर्मतका लागि बाध्य भएका छौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here