सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
59

मोरङ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ०६ ख १३७२ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को २ ह २३९३ नम्वरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ बर्षीय भिम शरण तामाङको उपचारको क्रममा मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको हो ।

ट्रक चालक झापा विर्तामोड नगरपालिका ४ का ४६ बर्षीय नेत्रप्रसाद मैनालीलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here