बाह्रदशीमा जग्गा वर्गीकरण सकियो, आइतवारबाट कित्ताकाट

0
42

झापा,
बाह्रदशी गाउँपालिकाले जग्गाको बर्गीकरण गरेसंगै आइतवारबाट कित्ताकाट खुल्ला हुने भएको छ । भू– उपयोग नियमावली, २०७९ परिच्छेद–३ दफा १० बमोजिम बाह्रदशी भित्रका जग्गाहरूको जग्गा धनी दर्ता स्रेस्ता र जग्गधनी दर्ता प्रमाणपूर्जी अध्यावधिक गर्ने कार्य सम्पन्न भएसंगै असार २४ गतेबाट कित्ताकाट खुल्ला रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो ।

सरकारले केहही महिना अघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिको छ ।
गज्जाको वर्गीकरणको काम सम्पन्न गरेसंगै गाउँपालिकाका अध्यष देविन्द्र प्रसाद चम्लगाई र प्मुख प्रशासकीय अधिकृत थापाले जिल्ला मालपोत कार्यालय झापाका प्रमुख योगेन्द्र प्रसाद दुलाललाई हस्तान्तरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here