अर्जुनधारा पूर्ण खोप सुनिश्चतता भएको पालिका

0
62

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकालाई शुक्रबार आयोजित एक कार्यक्रमकोबिच पूर्ण खोप सुनिश्चतता भएको पालिका घोषणा गरिएको छ ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चतता हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा अर्जुनधारालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चतताका लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरि १६ महिना देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै प्रकारका खोप पाएको हुँदा पालिकालाई पूर्ण खोप सुनिश्चतता भएको घोषणा गरिएको स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा कार्यक्रमको प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेल, अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलालगायतले मन्तव्य राखेका थिए । खुदुनावारी स्वास्थ्य चौकीका इञ्चार्ज सीनीयर अहेव डम्बरबल्लभ मिश्रले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयोजक बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here