छात्रालाई आत्मरक्षा कला प्रशिक्षण

0
103

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको एमिटी कलेजले बिद्यालयका छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ ।

झापा जिल्ला खेलकूद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा बिहीवार (आज) कलेज परिसरमा महिला हिंसा विरुद्ध एक दिवसीय आत्मरक्षा कला प्रशिक्षण कार्यक्रम गरिएको हो ।

बिद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत कलेजका को–अडिनेटर बिनोद साहले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी र झापा जिल्ला खेलकूद विकास समितिका प्रबत्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की (दुर्वासा) ले खेलकूदका फाइदाको जानकारी दिदै छात्राहरुलाई आत्मरक्षाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन एमिटी कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवासले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा कलेजका कक्षा १२ र बिबिएस अध्ययनरत एकसय बढी छात्राहरुको सहभागीता रहेको थियो । छात्राहरुलाई कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवास, कराँते महासंघ झापा कोषाध्यक्ष रेनुका राई, झापा सदस्य एलिजा खत्री, नेशनल राष्ट्रिय कराँते खेलाडी संजिवनी कार्कीले आत्मरक्षा प्रशिक्षण दिएका थिए । कलेजका खेल प्रशिक्षक खवासले आत्मरक्षा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

नर्सरीदेखि बिबिएससम्म अध्यापन हुँदै आएको बिद्यालयमा एक हजार २ सय भन्दावढी बिद्यार्थी र एक सय २८ जना शिक्षक, शिक्षिका तथा कर्मचारी रहेको प्रिन्सिपल आरएस ढकालले जानकारी दिए ।

बिर्तामोड नगरकै अंग्रेजी माध्यमबाट अध्यापन गराउने पहिलो बिद्यालय एमिटी नै भएको प्रिन्सिपल ढकालले दावी गरे । २०५६ सालदेखि कक्षा ११ बाट शुरु गरेको अध्यापन २०५९ मा बिबिएस हुँदै २०६१ देखि नर्सरीदेखि हाल बिबिएस सम्मको अध्यापन गराउँदै आएको प्रिन्सिपल ढकालले बताए ।

कलेजमा अंग्रेजी शुद्धता, ब्यहारिक शिक्षामा जोड, अतिरिक्त क्रियाकलाप, अतिरिक्त स्कील, शतप्रतिशत नतिजा निकाल्न सफललगायतका बिशेषता रहेको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका कर्मचारी दुर्गाराज निरौला, कलेकी प्रशासनिय प्रमुख केशबी ढकाल, ब्यवस्थापन सदस्य सरस्वती ढकाल, ममताकुमारी साहलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here