झापा, हालै सार्बजनिक भएको एसईई परीक्षामा पशुपति माध्यमिक विद्यालय बाह्रदशी ३ राजगढ जिल्लाकै सर्बाेत्कृष्ट भएको छ । यो विद्यालयमा अध्ययनरत छात्र येमन दाहाल र सुरक्षा भट्टराईले सर्बाेत्कृष्ट जीपीए हासिल गर्दै जिल्ला प्रथम गरेका हुन् ।
उनीहरुले ३.९६ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले जानकारी दिए । प्रधानाध्यापक दाहालका अनुसार परीक्षामा सहभागी मध्ये १२ जना विद्यार्थीले ३.६० माथि जीपीए हासिल गर्दै इसईई परीक्षा उत्तीर्ण गरेका छन् ।
झापाको बिर्तामोड– २ रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालय एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट भएको दावी गरेपनि मोहनमायालाई पछि पार्दै पशुपति माध्यमिक विद्यालयका विद्यार्थीद्वयले जिल्ला ‘टप’ गरेका हुन् विद्यालयमा प्रधानाध्यापक दाहालले भने – मोहनमाया माविबाट धेरै विद्यार्थी पास भएका होलान् तर जिल्ला फष्ट चाँहि होइन ।
एसईईमा जिल्ला फष्ट गर्ने विद्यार्थीद्वय बाह्रदशी गाउँपालिका – ३ स्थित राजगढमा हुन् । उनीहरु मध्ये येमन दाहाल पशुपति मावि राजगढका प्रधानाध्यापक थीरकुमार (कुमार दाहाल) का छोरा हुन भने सुरक्षा भट्टराई गोपाल भट्टराईकी छोरी हुन् । गोपला पेशाले पण्डित हुन् ।
पशुपति मावि राजगढले यस वर्ष संस्थागत विद्यालयहरुलाई समेत पछाडि पारेको छ । एसईईमा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर पशुपतिले रेकर्ड राखेको हो – विद्यालयका प्रधानाध्यापक दाहालले भने । झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् । झापाका ७१९ जना विद्यार्थीले ३.६०देखि ४ जीपीए ल्याएका छन् ।





























