रोटरी सुरुङ्गामा कँडेल र रोट्रयाक्टमा गिरी

0
72

सुरुङ्गा ।

व्यक्तित्व विकास, नेतृत्व विकास र समाजसेवामा क्रियाशिल रोटरी र रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

सुरुङ्गा जेसीजको सभा हलमा रोटरी क्लब अफ सुरुङ्गाको पाँचौं र रोट्रयाक्ट क्लबको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२३/२४ का लागि रोटरी क्लबको प्रेसिडेन्टमा शिवकुमार कँडेल साथै रोट्रयाक्ट क्लबमा सारिका गिरीलाई क्रमशः रोटरीका निवर्तमान प्रेसिडेन्ट खेमप्रसाद प्रसाईँले र रोट्रयाक्ट क्लबका निवर्तमान प्रेसिडेन्ट रोशन शाहले पद हस्तान्तरण गरेका हुन् ।

दुवै क्लबका अध्यक्ष साथै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समेत गराइएको छ । रोटरीका अध्यक्ष कँडेललाई कार्यक्रमका प्रमुख अतिथि रोटरी ईन्टरनेशनल नेपालका निवर्तमान डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालले साथै रोट्रयाक्ट अध्यक्ष गिरीलाई रोट्रयाक्ट टिआरएफ चेयर विवेक श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रममा रोटरी क्लवले यस अघि नै घोषणा गरिसकेको डाइग्नोसिस मेसिन कनकाई नगर अस्पतालमा सञ्चालनमा ल्याउने गरी क्लबका तर्फबाट सहयोग उपलब्ध गराउने नवनिर्वाचित प्रेसिडेन्ट कँडेलले प्रतिबद्धता जनाए ।

वर्ष २०२३/०२४ का लागि रोटरी क्लब अफ सुरुङ्गाको १५ सदस्य कार्य समितिले सपथ लिएको हो । यसरी सपथ ग्रहण गर्नेहरुमा आइपीपी खेमप्रसाद प्रसाई, सेक्रेटरी विनिता मैनाली, प्रेसिडेन्ट इलेक्ट लुभराज उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनाली, फस्ट भिपी अर्जुन बोहोरा, सेकेन्ड भिपी सरला दाहाल, थर्ड भिपी शिवकुमार गिरी, ट्रेजरर खेम ओली, सर्जेन्ट एट आम्स् रामप्रसाद निरौला, क्लब एडमिनिस्ट्रेसन चेयर टिकाप्रसाद कट्टेल, टिआरएफ चेयर खेमप्रसाद प्रसाईँ, सर्भिस चेयर कुमारमणी पोखरेल, मेम्बरसिप चेयर सुशीलकुमार श्रेष्ठ, पब्लिक इमेज चेयर कमल कट्टेल, मेन्टर रेणुका मैनाली रहेका छन् ।

त्यस्तै रोट्रयाक्ट क्लवअफ सुरुंगाको वर्ष २०२३÷०२४ का लागी हरिप्रसाद खरेल (सविन) फस्ट भाइस प्रेसिडेन्ट, सोहन उप्रेती सेकेन्ड भाइस प्रेसिडेन्ट, दिवाकर तिवारी सेक्रेटरी, कमल न्यौपाने ट्रेजरर, रिसवसिंह चाहार जोइन्ट सेक्रेटरी, अजय उप्रेती सर्जेन्ट एट आम्स, रोशन प्रसाईँ क्लव एडमिनिस्ट्रेसन चेयर, भावना गिरी सर्भिस प्रोजेक्ट चेयर, इन्टर नेशनल रिलेसनसिप चेयर मनिला न्यौपाने र किरण गिरी, प्रोफेसनल सर्भिस चेयर अमित वंशल र कृष्ण पुरी, हेल्थ चेयर दिक्षा राई र मुकेश साह, द रोटरी फाउण्डेसन चेयर प्रतापबाबु जमरकट्टेल, क्लव एडमिनिस्ट्रेसन चेयर मेघा कारक , रोशन प्रसाईँ, सर्भिस प्रोजेक्ट चेयर प्रतिक्षा ढुङ्गेल, मेम्बरसिप चेयर कृतिका पाण्डे, पव्लिकेशन अफिसर सितल पोखरेल, स्पेसल एरिया प्रोजेक्ट चेयर कृष्टि खतिवडा, पब्लिक इमेज चेयरमा सञ्जय अग्रवाल रहेको स्थानीय संचारकर्मी एवं रोटरीयन राम निरौलाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल, मातृ शाखा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, असिस्टेन्ट गर्भनर सन्दिप चापागाँईले शुभकामना मन्तव्य राखेका थिए ।
एजी निकिता गिरीसहित झापाका सबै रोटरी शाखाका पदाधिकारीहरु, रोटरी क्लव अफ सुरुङ्गाका चार्टर प्रेसिडेन्ट एलपी उप्रेती, पूर्व प्रेसिडेन्टहरू कुमारमणि पोखरेल, टीकाप्रसाद कट्टेल, सुशिल श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा मेनुका उप्रेतीले टोस्ट ज्ञापन साथै प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनालीले धन्यवाद मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here