बिर्तामोडमा चलचित्र ‘डन’ निर्माण हुने

0
136

बिर्तामोड ।

झापामा सानो पर्दाको नेपाली चलचित्र ‘डन’ निर्माण हुने भएको छ ।

वर्तमान अवस्थामा टोले दादाहरु डन बन्ने प्रयत्न गर्ने हुँदा समाजमा विभिन्न घटनाहरू घट्ने गरेको र डन बनेका हरूले बेहोर्नुपर्ने चौतर्फी चुनौतीहरूलाई पहिचान गरेर डन बन्न निरुत्साहित गर्ने उद्देश्यले चेतना मूलक चलचित्र ‘डन’ निर्माण गर्न लागिएको चलचित्रका लेखक तथा निर्देशक रोशन राईले बताए ।

चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र ‘डन’ को बारेमा निर्माता राजन थापाले सामाजमा सकारात्मक सन्देश दिने उद्धेश्यले फिल्म निर्माण गर्न लागेको बतााए । उनले झापासहितका पूर्वका विभिन्न स्थानमा चलचित्र छायङकन गरिने जानकारी दिदैं १२ दिन भित्रमा छायङकनको काम सक्ने गरी आगामी साउन ३ गतेबाट शुरु गर्ने बतााए ।

चलचित्र डनको मुख्य भूमिकामा कलाकार अनिल राईले अभिनय गर्ने भएका छन् । नायकको रुपवमा रहको अनिलसंगै नायिकाको रुपमा रस्मी थापा रहने पत्रकार सम्मेलनमा बताइयो । चलचित्रको सह निर्माताहरूमा तीर्थ सिग्देल, मलिन राजवंशी, ज्ञानेश्वर राई रहेका छन् । कार्यकारी निर्मातामा पुजन पारस रहेका छन् ।

त्यस्तै कलाकारहरू चन्द्रकान्त ढकाल, राजु गौतम, सञ्जय राजवंशी, खगेन्द्र बाराकोटी, उमेश चौधरी, नवराज दंगाल, रोशन राईलगायतले अभिनय गर्ने भएका छन् । चलचित्रको प्रस्तुतकर्ता सञ्जय राई, सहायक निर्देशन सञ्जय राईले गर्ने भएका छन् ।

क्यामरामा सन्तोष रानामगर, दन्द्ध निर्देशन रतन निता, कोरियोग्राफी शुनिलजंग थापा, संगीत कुमार पालुङ, गायन प्रज्ञा प्रधानको रहने छ । करिब ८ लाख रुपैयाँको लगानिमा निर्माण हुन लागेको चलत्रिच दुई महिना पछि प्रर्दशनमा आउने बताइएको छ । बीबी प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएको निर्माता थापाले जानकारी दिए ।

थापाले यस अघि दुई वटा चलचित्र मिसन बिर्तामोड र क्राइम चलचित्र निर्माण गरिसकेका छन् । दुवै चलचित्र बिर्तामोडसहितका विभिन्न स्थानमा प्रर्दशन गरिएको थियो । दर्शकबाट राम्रो प्रतिक्रिया आएपछि तेस्रो चलचित्र निर्माण शुरु गर्न लागेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here