लागूपदार्थ सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच

0
48

झापा । 

ट्राफिक सप्ताह अन्तरगत विभिन्न कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले छैठौ दिन लागूपदार्थ सेवन (लापसे) बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच अभियान संचालन गरेको छ ।

सडक सुशासन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले संचालन गरेको “ट्राफिक सप्ताह २०८०” को छैठौं दिन झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाको खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा चालकहरुलाई लागूपदार्थको सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकहरुको चेकजाँच गरिएको हो ।

यो अभियान एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुका २० स्थानबाट लापसे किटद्वारा शंकास्पद अवस्थामा रहेका सवारी साधनका चालकहरुको चेक जाँच गरी सुरुवात गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोको अध्यक्षता संचालन भएको उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी (ज्ञवाली) लगायत स्थानिय जनप्रतिनिधि, राजनीतिक दल, समाज सेवी तथा यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

चालकको लागू पदार्थको सेवन बिरुद्धको सचेतना र शंकास्पद चालकको चेकजाँच अभियानको पहिलो दिनमा ५१ जना चालकहरुलाई लापसे जाँच गरिएकोमा १८ जना चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएको हुँदा उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here