भद्रपुरमा जङ्गली हात्तीको आतङ्क बढ्यो

0
47

भद्रपुर ।

जङ्गली हात्तीले दिनहुँ जङ्गल आसपासका बस्तीमा क्षति पुर्‍याउन थालेको छ ।

यसैक्रममा जङ्गली हात्तीले बिहीबार बिहान भद्रपुर नगरपालिका- ९ स्थित झोडा स्कुल आसपासका दुई वटा गाउँमा क्षति पुर्‍याएको छ ।

हात्तीले इन्दिरा दाहालको घुम्ती पसल भत्काइदिएको छ । पसलभित्र रहेको सामान खानुका साथै क्षति पुर्‍याएको छ । त्यस्तै खीलबहादुर मगरको मतानको दिवाल ढोका लडाइदिएको छ, भने कुलबहादुर मगरको झुत्त्याएर राखेको र थुपारेर राखेको मकै र बोराको धान खाएर क्षति पुगाएको छ ।

बर्खाको बेला जङ्गली हात्ती आहारको खोजीमा गाउँ छिर्न थालेपछि जङ्गल आसपासका स्थानीय त्रसित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here