राष्ट्रिय रमणीय आदर्श माविको संरचना देखेर धनुषाका शिक्षक दंग

0
49

दुधे,

धनुषाको चित्रपुर १ स्थित लक्ष्मी माद्यमिक विद्यालयको एक प्रतिनिधि मण्डलले सिकाइ जुक्ति आदानप्रदान गर्न कोशी प्रदेशका नमूना विद्यालयहरुको अवलोकन भ्रमण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामवाबु महतो नेतृत्वको टोलीमा चित्रपुर १ का वडा अध्यक्ष अशोक कुमार महतो, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय कर्मचारी सहभागी छन् ।

कोशी प्रदेशका झापा र इलाम जिल्लाबाट नमूना विद्यालयमा छनोट भएका विद्यालयको भ्रमण हुने विद्यालयका प्रधानाध्यापक श्याम सिंहले बताए । भ्रमणका क्रममा विद्यालयहरुको भौतिक, शैक्षिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षहरुको अध्ययन गरिने प्रधानाध्यापक शिंहले बताका छन् ।

प्रदेश अन्तर नमुना सामुदायिक विद्यालयको अध्ययन अवलोकन भ्रमणले सिकाई उपलब्धि हुने बताईएको छ । बुधबार बेलुका धनुषाबाट निस्किएको टोलीले विहिबार झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालय र शिवसताक्षीको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको अध्ययन अवलोकन गरेको छ ।

शिवसताक्षीको राष्ट्रिय रमणीय माध्यमिक विद्यालयलाई सरकारले नमुना विद्यालय घोषणा नगरेपनि घोषित विद्यालयको तुलनामा यो विद्यालय अब्बल रहेको आफुहरुले पाएको टोलीमा सहभागि वडा अध्यक्ष अशोक कुमार महतोले बताए । उनले भने, ‘विद्यालयको पुर्वाधार देखेर हामी त दंग पर्र्यो ।’ अभिभावक, शिक्षक, विद्यार्थी र समाजको सामुदायिक विद्यालय प्रति सकरात्मक सोच भयो भने नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालय हरेक हिसावले अब्बल हुने उनले बताए ।

विद्यालयको भौतिक पुर्वाधार, ०७९ सालको एसईई परिक्षाको नतिजाले पुष्टि गरेको शैक्षिक गुणस्तर, विद्यालयको लेखा प्रणाली, विद्यार्थीलाई सिकाइको लागि गरिने शैद्धान्तिक तथा व्यवहारिक शिक्षाका क्रियाकलाप, शिक्षक विद्यार्थीको मेहनतले राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालय उत्कृष्ठ रहेको टोलीमा रहेका शिक्षक अशोक कुमार ठाकुरले बताए ।

राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयको भ्रमणमा आएको टोलीलाई प्रधानाध्यापक लालमणी सुवेदी, शिक्षक गोविन्द काफ्ले र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले विविध पक्षको जानकारी गराएका थिए । विद्यालयमा मन्टेस्वरी देखि कक्षा १२ सम्म पूर्ण अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको प्रधानाध्यापक लालमणी सुवेदीले जानकारी गराए । १ हजार २ सय विद्यार्थी रहेको सो विद्यालयमा दुईवटा विद्यालय बस संचालनमा रहेका छन् ।

अङग्रेजी माध्यमबाट अध्ययन अध्यापनका लागि विद्यालयले नीजि शिक्षकको व्यवस्था गरेको छ । अभिभावकबाट संकलन भएको सहयोगले नीजि शिक्षकलाई पारिश्रमिक प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनका अनुसार शिक्षकको पदपुर्ति, सरुवा आउने, जाने शिक्षकको योग्यता र क्षमताका आधारमा विद्यालय प्रसाशनले कार्वाही गर्ने छ ।

‘योग्यता र क्षमताका आधारमा शिक्षकको नियुक्ति र सरुवा हुने गरेको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले भने राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुँदैन । राजनीतिक आश्थाका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकलाई विवेध हुने गरेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here