आसाम डाउन टाउन युनिभर्सिटमा विद्यार्थीलाई १० करोडको छात्रवृत्ति

0
56

झापा, भारतको गुहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष १० करोड भारतीय रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
झापाको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले छात्रवृत्ति घोषणा गरेका हुन् । युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिन लागेको समेत जानकारी दिए ।
गत वर्ष नेपाली रुपैयाँ आठ करोड रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गर्दै ७० जना विद्यार्थीलाई अध्ययनकार्यमा सहजीकरण गरेको युनिर्भसिटीले यो वर्ष १६ करोड रुपैयाँ बरावरको छात्रवृत्ति उपलब्ध गराउन लागेको लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका सञ्चालक समेत रहेका भट्टराईले बताए । युनिर्भसिटीमा गत वर्ष विभिन्न विषयमा अध्ययनका लागि ७० जना विद्यार्थी गएको र यो वर्ष २ सय विद्यार्थीले अवसर पाउने उनको भनाई छ ।

प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष छात्रवृत्ति दिदैं आएको युनिभर्सिटीले ७ वटा देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन अवधिभर कुनै शुल्क नलिने छैन । आवास र खानपानका लागि विद्यार्थीले रकम बुझाए हुनेछ । युनिभर्सिटीको मापदण्डमा पर्ने हरेक विधार्थीले छात्रवृत्ति पाउने बताइएको छ ।
होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक अध्यापन भइरहेको डाउन टाउनमा नोपली विद्यार्थीको आकर्षण पनि बढ्दो छ । भारतको आसाम स्थित गुहाटीमा रहेको युनिभर्सिटीले नेपालका नेतृत्वदायी शैक्षिक संस्थानसँग समन्वय गरेर काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here