भानु जयन्तीमा चार श्रष्ठा सम्मानित

0
71

झापा, चार जना स्रष्टालाई सम्मान गर्दै भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको मनाएको छ ।
काँकरभिट्टास्थित भानुभक्त शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा क्रिक्रेट खेलाडी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र पत्रकार भूमिका सुब्बा फियाकलाई पुरस्कृत गरिएको हो ।
मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र भूमिका फ्याक लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
त्यसैगरी लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।
हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गरिएको कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।
भानु प्रतिभा पुरस्कारबाट सम्मानित रुविनालाई रु. २१ हजार र अन्य तीनजना व्यक्तित्वहरुलाई जनही रु. ११ हजारका दरले पुरस्कार दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here