चार्जमा रहेको मोबाइल उठाउनेक्रममा करेन्ट लाग्दा…

0
60

गौरीगञ्ज ।

चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर झापाको गौरीगञ्जमा एक महिलाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका- १ स्थित टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी ५५ वर्षीया श्रीमती शिला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगी परिवारजनलाई शव जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here