पञ्चकन्या प्राविधिकलाई प्रशिक्षण

0
70

झापा, पञ्चकन्या प्लाष्टिकले आफ्ना प्राविधिकहरुलाई लक्षित गर्दै बिर्तामोडमा एक दिवसीय प्रशिक्षणको आयोजना गरेको छ । माई पूर्ब रहेका प्लम्वरहरुलाई नयाँ टेक्नोलोजीका विषयमा जानकारी दिने उद्देश्यले बिर्तामोडमा प्रशिक्षणको आयोजना गरेको हो ।
झापामा रहेका पञ्चकन्याका डिलर सञ्चालक तथा प्राविधिकहरुलाई पञ्चकन्या ग्रुप अफ कम्पनीका आरएसएम् विकाश कर्ण ले प्रशिक्षण प्रदान गरेका थिए । पञ्चकन्याले उत्पादन गरेका पाईपहरु सीपीभीसी, सिभीसी र फिटिङ्सका विषयमा समेत जानकारी गराइएको थियो । त्यस्तै कम्पनीले ल्याएको कुपनका विषयमा समेत जानकारी दिइएको हो । कम्पनीले उत्पादन गरेका सामग्रीका विषयमा समेत प्रकाश पार्दै नेपाल गुणस्तर एनएसका विषयमा समेत प्रशिक्षण कर्णले जानकारी गराएका थिए ।
ज्योति ट्रेडिङ प्रा.लि.का सञ्चालक झलक खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दमकको ज्योति सप्लायर्सका सञ्चालक पवन विष्ट, बिर्तामोडको जेनिथ सप्लायर्सका सञ्चालक तुलसी उप्रेती, कार्यक्रमको सहजीकरण गरेका थिए ।
कर्यक्रममा पञ्चकन्याका पाइपहरु च्ुहावट रहित हुने, तातो चिसो पानीका लागि उपयुक्त हुने, उच्च रासायनिक प्रतिरोधक , शुद्ध र सफा रहने र पाइप जडानमा कुनै समस्या नरहने जानकारी गराइयो । त्यस्तै एसएस ट्याङ्कका विषयमा समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा ज्येष्ठ टेक्निसियन परमेश्वर शाह र लामो समयसम्म काम गर्ने मजदुर भेलु साहालाई सम्मान गरिएको थियो । कार्यक्रममा झण्डै दुई सय जना भन्दा प्राविधिक सहभागी थिए । कार्यक्रमको सञ्चालन सरोज साहाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here