चीनमा ८ वटा गाडी जुध्दा आठै जनाको मृत्यु

0
39

काठमाडौँ, 

उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा सोमबार बिहान पाँच वटा कार र तीन वटा ट्रक एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

झांगे सहरको सान्दन काउन्टीमा भएको उक्त दुर्घटनामा सबै ८ जनाकै घटनास्थलमा मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ । घाइतेहरूको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव तथा राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्य भूमिमा लागू हुने गरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए ।

उक्त कानुनको अक्षरशः पालना नहुँदा चीनमा पछिल्लो समय सडक दुर्घटना बढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here