दृष्टिविहीनको आवासका लागि सहयोग

0
123

बुट्टाबारी ।

स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई जमिन खरिद गर्न एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

अभियानले असहाय एवम् दृष्टिबिहीनहरुको आवास निर्माणका लागि जमिन खरिद गर्न एक धुर एक दाता अन्तर्गत अभियान चलाएको कार्यक्रममा अर्जुनधारा–११ माता मन्दिरका सहयोगी मनका धनी चन्द्रकुमार श्रेष्ठ एवम् ईश्वरा श्रेष्ठले एक लाख एक हजार एक सय ११ रुपैयाँ दाता र कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङ्नाममार्फत अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई चेक हस्तान्तरण गरिएको छ ।

अर्जुनधारा–११ स्थित प्रगतिटोलमा जमिन खरिदका लागि दाताहरुले स्वेच्छिक सहयोग गरिरहेको सचिव अभिचन्द्र बाँस्कोटाले बताए । यसै क्रममा यसअघि गोपीकृष्ण खरेल, सुनिता ओली, दाताराम तिम्सिना, निमा लिम्बू, शेरबहादुर थापालगायतले भूमिदान स्वरुप नगद सहयोग गरिसकेको सल्लाहकार बोलप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यक्रममा असहाय एवम् दृष्टिबिहीनहरुलाई आवास बनाएर व्यवस्थित व्यवस्थापनमा लागेकोमा अभियानका सम्पूर्ण टिमलाई अतिथि रञ्जिता शेर्पा, सल्लाहकार जगतबहादुर मगर, प्रमुख अतिथि खगेन्द्र इङनाम, मोहन योगी, बुद्धिलाल चौधरी लगायतले धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण सञ्चार संयोजक रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here