झापा ।

झापामा दुई बर्षीय एक बालकको मृत्यु रहस्यमय बनेसंगै प्रहरीले शब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
बिर्तामोड नगरपालिका–७ निवासी रवि मियाका दुई वर्षीय छोरा मोहमदको रहस्ययम मृत्यु भएसंगै शव परीक्षणका लागि धरान पाठाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
बालककी आम दश दिनअघि घर छाडेर बेपत्ता भएसंगै उनी बुवा र हजुरआमाको हेरचाहामा थिए । उनी आज विहान मृत फेला परेको र उनको घाँटीमा धेरै कमिला देखिएपछि प्रहरीले शव परीक्षणका लागि धरान पाठाएको बताइएको छ ।
बालक केही अशक्त रहेको र नाबालकका बुबा मुस्लिम तथा आमा सन्थाल भएको बताइएको छ ।






























