पाँचथरमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

0
40

पाँचथर ।

पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका- ८ निवासी २४ वर्षीय युवराज अधिकारी रहेको प्रहरीले जनाएको छ ।

अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै मङ्गलवार बिहान एक बजेर ४५ मिनेटमा दुर्घटनामा परेको थियो ।

मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए । उनी चढेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो । उनी सामदिनदेखि फिदिमतर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here