नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’ ‘मुस्लिम आयोग खारेज हुनुपर्छ’

0
41

काठमाडौं ।

राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद किरण साहले फरकमत राखेका थिए । उनले मुस्लिम आयोग खारेजभन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।

उनले नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि हिन्दू आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा हिन्दू, बौद्ध, किरात लगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने बताएका हुन् ।

यस्तै, कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरुप्रति अन्याय भएको जिकिर गरे । उनले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अभियानका वरिष्ठ नेता तथा संविधानसभाका सदस्य बीपी यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाए । उनले मुस्लिम आयोग खारेज गर्नैपर्ने बताउँदै यसका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु गर्ने बताए ।

कार्यक्रमका अध्यक्षता गरेका अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गरेका थिए । उनले विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘मुस्लिम आयोगको नाममा खुल्लेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’ उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाएका छन् ।

यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डॉ श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम को संचालन अभियानका राष्ट्रिय सम्मेलन आयोजन समितिका महासचिव डा. प्रभात कुशवाहाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here