झापाका ५५ उम्मेदवार कारवाहीमा

0
60

झापा ।

निर्वाचनको खर्च बिवरण नबुझाउने झापाका ५५ उम्मेदवार कारवाहीमा पर्ने भएका छन् ।

गतवर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन उम्मेद्वार बनेका मध्ये ५५ जनाले खर्च विवरण सार्वजनिक नगर्दा उनीहरु निर्वाचन आयोगले कारबाहीको तयारी गरेको हो । उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले कारवाही गर्न लागिएको सार्वजनिक सूचना जारी गर्दै निर्वाचन आयोगले जनाएको छ ।

देशभरबाट प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५÷१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।

योसंगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ । नेपाली कांग्रेसका गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीसहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।

यस्तै ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here