जब लक्ष्मीको मुहारमा खुशी छायो…

0
156

बिर्तामोड ।

झापाको बिर्तामोड–३ बिर्ताबजारका लक्ष्मीप्रसाद गौतमको मुहारमा बुधबार एकाएक खुशी छायो । उनी खुशी हुने एउटै कारण थियो व्हीलचेयर पाउनु शारीरिक रुपमा अशक्त रहेका लक्ष्मीलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले व्हीलचेयरप्रदान गरेको हो ।

शारीरिक तथा सुस्त मनस्थितीका लक्ष्मीले नयाँ व्हीलचेयर पाएसंगै अब घुम्न जाने भन्दै खुशी ब्यक्त गरे । सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले लक्ष्मीको अवस्था बुझेर उनी तथा उनको परिवारलाई सहजता होस् भन्ने उद्धेश्य राखेर घरमै पुगेर सहयोग गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ)ले बताए । उनले भने– ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले सामाजिक क्षेत्रमा धेरै काम गरेको छ । अझ अपाङ्गता भएकाहरुका लागि तथा शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा हामीले गरेको काम प्रति सबैको साथ र सहयोग प्राप्त भएको छ।’

वि.स. २०४२ सालमा आमा कमला र बुबा कैलाशकुमार गौतमको जेठो छोराको रुपमा जन्मिभएका लक्ष्मी दुई वर्षको उमेरमा अत्याधिक ज्वरो आएपछि अस्पताल पु¥याएपनि उनको दुवै खुट्टा नचल्ने भए । उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि घरमा नै राखेर हेरचहार गरिरहेको बुबा कैलाश बताउँछन् । जेठो सन्ताका रुपमा जन्मिभएका लक्ष्मी शारीरिक रुपमा अशक्त मात्र भएनन् उनी सुस्तमस्थितीका भएपछि परिवारलाई निकै तनाव भएको उनका बुबा कैलाश बताउँछन् । तर, छोरोको बाँच्ने अधिकारलाई आत्मसाथ गर्दै दुःख नै गरेर भएपनि हेरचहार गरिरहेको उनी बताउँछन् ।

लक्ष्मीका लागि सहायता सामग्री लिएर उनको घरमा पुग्दा केही भावुक बनेका कैलाशले अब नयाँ व्हीलचेयरमा छोरालाई बजार तथा रंगशाला घुम्नु पर्छ भन्दा लक्ष्मी खुशीले गदगद देखिएका थिए । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष उप्रेतीसहित निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेल, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष्य जितेश अग्रवाल, रोटरीयन प्रियङ्का शर्मा, शुभला तामाङ, रोट्रयाक्ट सञ्जय अग्रवाल मिलन डाँगी तथा कांग्रेस युवा नेता मनोज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

उनीहरुले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेको कामको प्रशंसा गरेका थिए । साथै लक्ष्मीका बुबा कैलाशले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई धन्यवाद दिएका थिए । छोराको उपचारका लागि १५ लाख बढी खर्च गरेपनि केही उपाय नलागेपछि घरमै राखेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here